सिन्कोना बगानको निरीक्षण गर्दै हर्टिकल्चर सचिव नन्दिनी चक्रवती मङपुमा

Nandini Chakrabarty, Secretary, Food Processing Industries and Horticulture west Bengal in Mungpoo
बङ्गाल सरकार फुड प्रोसेसिङ इन्ड्सट्री अफ हर्टिकल्चर डिपार्टमेन्टको सचिव नन्दिनी चक्रवतीले मंगलबार सिन्कोना मुख्यालय मङपु निरीक्षण गरेको छ | उनको यस निरीक्षणपछि बर्तमान अवस्थाले जन्माएको सिन्कोना बगान भित्रको निराशालाई सरकारी पक्षबाट निकास दिने संकेत देखा परेको छ | पश्चिम बङ्गाल सरकार अथवा मुख्यमन्त्रीको निर्देशमा सिन्कोना निर्देशालयमा निरीक्षण गर्न आइपुगेकी हर्टिकल्चर सचिव नन्दिनी चक्रवतीले सिन्कोनामा उत्पादित क्षेत्र सहित सिन्कोना कारखाना, रबिन्द्र स्मृति भवन आदिको जानकारी लिइन | सिन्कोना निर्देशक डा० सामुयल राई लगायत सिन्कोना व्यवस्थापक जे सादा, सिन्कोना मुख्यालय व्यवस्थापक मदन मुखिया साथै अन्य अधिकारीहरुको सक्रियतामा सिन्कोना कारखाना भित्र पसेर अचल बोइलरहरुको निरीक्षण गरेका हर्टिकल्चर सचिव चक्रवतीले सिन्कोना कारखानालाई वर्ल्ड हेरिटेजमा अन्तरभुक्त हुन योग्यको संवाद गरिन |
यसै अवसरमा सिन्कोनाको अवस्था बुझ्न आधिकारिक भ्रमणमा आइपुगेकी हर्टिकल्चर सचिव चक्रवतीसित तृणमूल कांग्रेस पक्षका कार्यकर्ताहरुले पनि भेट गर्दै सिन्कोनाको विविध समस्या सम्बन्धि बोध गराउंदै एउटा ज्ञापन पत्र चडाएको छ | जुन ज्ञापन पत्रमा सिन्कोनाको सबल व्यवस्थापन अनि अन्य विकाश प्रवाहमा सरकार पक्षबाट सक्रियता अपनाइ दियोस भन्दै बर्तमान सिन्कोना बगानमा ठप्प रहेको ग्रूप डीको नियुक्ति, पदोन्नति, सिन्कोना कारखानाको पुन: गतिशील अवस्था, रिक्त पदहरु जस्तै कुइनोलोजिस्ट, सहायक कुइनोलोजिस्ट, सहव्यवस्थापक, बोटानिष्ट, प्लान्ट प्याथोलोजिष्ट, चिफ केमिष्ट, हर्टिकल्चर ओभरसेयर बहाली गरिनुपर्छ जस्ता महत विषयहरु उधृत गरिएको जानकारी छ | यसको साथै संगठनको पक्षबाट तृणमूल कांग्रेस समुहले विगतमा सरकार पक्षबाट पब्लिक सर्विस कमिशन मार्फत कुइनोलोजिष्ट अनि सहायक कुइनोलोजिष्टको नियुक्ति विषय विज्ञापन गराएकोमा धन्यबाद दिएको छ |
तृणमूल कांग्रेस समुहसित संवादमा हर्टिकल्चर सचिव नन्दिनी चक्रवतीले सिन्कोना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताइन, यसको साथै सिन्कोना बगानलाई समृद्ध गर्न योजना बनाएर उत्पादित बस्तुहरुको बजार व्यवस्थापन जरुरी रहेको खुलासा गरेकी छिन् | तत्कालको सिन्कोना उद्योगको अवस्थालाई निरीक्षण गरे पश्चात सरकार पक्षबाट सिन्कोना उद्योगलाई बिकाशको दिशामा लाने संकेत देखा परेको छ | हर्टिकल्चर सचिवसितको भेटमा तृणमूल कांग्रेस समुहबाट युनियन जिल्ला कमिटि सभापति किरण ब्लोन, आरआर ब्लक सचिव पवन बल, दार्जीलिंग जिल्ला टीएमसी महिला सचिव रेजिना गुरुङ, युनियन क्षेत्र समिति सभापति संजय थापा आदिको उपस्थिति रहेको थियो ||

बङ्गाल सरकार फुड प्रोसेसिङ इन्ड्सट्री अफ हर्टिकल्चर डिपार्टमेन्टको सचिव नन्दिनी चक्रवतीले मंगलबार सिन्कोना मुख्यालय मङपु निरीक्षण गरेको छ | उनको यस निरीक्षणपछि बर्तमान अवस्थाले जन्माएको सिन्कोना बगान भित्रको निराशालाई सरकारी पक्षबाट निकास दिने संकेत देखा परेको छ |

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.