बर्तमान विभिन्न प्राथमिक पाठशालाहरुमा कार्यरत स्वयंसेवी शिक्षक – शिक्षिकावर्ग समस्या समाधानको पहल धेरै अघिदेखि नै चल्दै आएपनि हालसम्म उनीहरुले भने जस्तो उचित न्याय पाएका छैनन् | ससाना अवोध बाल – बालिकाहरुको भविष्य उज्ज्वल पार्ने क्रममा उनीहरुको आफ्नै भविष्य अन्धकार तर्फ गइरहेको छ | यसै क्रममा गत ४ अप्रेलको दिन जनमुक्ति प्राथमिक शिक्षक संगठन, केन्द्रीय समितिको स्थानीय गोदुनिस भवन पुस्तकालय प्रेक्षागृहमा सम्पन्न भएको सभामा केन्द्रीय समितिका उपसभापति राजेन थापाले पूर्णरुपले राजिनामा दिएको घोषणा गरे त्यसलाई मङपु लाठपन्चर दुवै सर्कलले समर्थन जनाएको छ | हिज मात्र सम्पन्न भएको मङपु लाठपन्चर सर्कल प्राथमिक स्वयंसेवी शिक्षक संगठनको सभामा व्यापकरुपमा उक्त विषयमाथि चर्चा भयो | स्थानीय निकाय र क्षेत्रीय प्रशासन समक्ष गुहार लगाउँदा वाक्क दिक्क भएर अबोप्रान्त एउटा अराजनैतिक संगठन शीघ्र गठन गरी सोझै राज्य सरकार समक्ष जानु पर्छ भन्ने सभामा निर्णय लिइयो | यसर्थ केन्द्रीय समितिका उपसभापति संगै सम्पूर्ण मङपु अनि लाठपन्चर सर्कलका प्राथमिक स्वयंसेवी शिक्षकवर्ग क्रमिक रुपमा ३० जनाले पनि सामुहिक राजिनामा घोषणा गर्दै अब उसो आफ्नो समस्या समाधान हेतु सोझै राज्य सरकार कहाँ गुहार लगाउने निर्णय लिएको कुरो एक विज्ञप्ति मार्फत मङपु सर्कलको पक्षमा पवन राईले जनाएको छ ||
प्राथमिक स्वयंसेवी शिक्षकवर्गले अराजनैतिक संगठन बनाउने
05Apr2017
Post a Comment