मङपुको विभिन्न स्थानहरुमा बुद्ध जयन्ती पालन

2561 Buddha Jayanti Celebration around Mungpoo
आज बुद्ध पुर्णिमा अथवा वैशाख पुर्णिमाको पावन अवसरमा मङपुको विभिन्न स्थानहरुमा बौद्ध धर्मावलम्बीहरुले भगवान बुद्धको २५६१ औं जन्म जयन्ती खुबै श्रद्धा, भक्तिको साथ पालन गरेको छ | प्राय: जसो बौद्ध गुम्बाहरुमा तीन दिन अघिदेखि नै विभिन्न पाठ, यज्ञहरु गरेर बुद्ध जयन्तीको दिन समापन गर्यो | यहाँको लाब्दा विभाग गन्ती डांडामा अवस्थित दोङाग छ्योलिङ सार्वजनिक बौद्ध गुम्बामा गत ८ मईदेखि दोमांग पाठ गरेर शुभआरम्भ गरिएको पुजा बुद्ध जयन्ती पालन गर्दै समापन भयो | आज समापन कार्यक्रम संगै भब्य बुद्ध जयन्ति पनि पालन गरियो भने बिहान धार्मिक पुस्तकलाई नगर परिक्रमा गर्दै नालीडांडा सम्म आइपुगेको थियो र अन्तमा छ्योतेन गुम्बा देवराली सिक्किमका पवन टुल्कु तेन्जी लुंगतोक फेल्गीबाट रिग्जिन छेवाङको महत्वपूर्ण अभिषेक हजारौं भक्तजन माझ वितरण गरियो | यसरी नै मङपु विभागको गोपाल धुरा डांडामा अवस्थित छोइकरलिङ सार्वजनिक गुम्बा अनि अखिल भारतीय महायाणा म्हानिपा बौद्ध संघ मङपुको आयोजनामा भब्यरुपमा  बुद्ध जयन्ती पालन गरियो | बिहानको धार्मिक पुस्तक संगै बुद्धको प्रतिमा परिभ्रमणमा गुम्बादेखि चौरास्तासम्म पुगि फेरि गुम्बामा नै ल्याएर समापन भयो | उता रम्बी बिचकमानको कापिस डांडामा अवस्थित जोकछेन कोनछोइङ छिदुई  गुम्बामा पनि स्थानीय बौद्ध धर्मावलम्बी साथै स्थानीय मानिसहरुको आयोजनामा बुद्ध जयन्ती पालन गरियो भने मङपु विभागको चुली थुम्का मन्दिरमा पनि बैशाख पुर्णिमाको पावन पर्वलाई विधिवत पुजा अर्चना गरि पालन गरिएको समाचार प्राप्त छ ||

आज बुद्ध पुर्णिमा अथवा वैशाख पुर्णिमाको पावन अवसरमा मङपुको विभिन्न स्थानहरुमा बौद्ध धर्मावलम्बीहरुले भगवान बुद्धको २५६१ औं जन्म जयन्ती खुबै श्रद्धा, भक्तिको साथ पालन गरेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.