आसाममा अल इण्डिया बुद्धिष्ट फोरमको संगोष्ठी

All india Buddhist forum assam
चुङाजाम, गोलाघाट आसममा गत २१ मईको दिन चुङाजाम बुद्धिष्ट मोनाष्ट्री भवनमा अल इण्डिया बुद्धिष्ट फोरमको संगोष्ठी सभा जम्बु लामा अध्यक्ष अल इण्डिया फोरमको अध्यक्षतामा सम्पन्न भयो | सभालाई संचालन गर्दै अखिल भारतीय म्हायाना बौद्ध म्हानिपा संघ, असम राज्य शाखाका सचिव हिमाल लामाले स्वागत वक्तव्य राखे | फोरम मूल सचिव आकाश लामाले कलकतामा विगत ३१ जुलाई २०१६ को दिन गठन भएको अल बेंगाल बुद्धिष्ट डेभ्लोपमेन्ट कमिटि गठन भएपछि यसले सम्पूर्ण दार्जीलिंग पहाड लगायत तराई डुवर्सका बौद्ध गुम्बा, संघ संस्थाहरुलाई एकत्र गर्दै चालेको बौद्ध धर्म आन्दोलन बारे अव्गात गराए | यसैको फलस्वरूप बङ्गाल सरकार अनि जीटीएले बुद्ध पुर्णिमाको दिनलाई राज्यव्यापी आम विदाको घोषणा गरेको जनाए | यसरी नै अब सम्पूर्ण भारतको बौद्ध राज्यहरुको प्रतिनिधिहरुलाई एकत्रित गर्दै राष्ट्रीय स्तरमा विभिन्न मागहरु लिएर अघि बढ्ने कार्य बारे पनि अव्गात गराए | भारतमा बौद्ध धर्मको मुल्य दर्शाउन प्रत्येक राज्यहरुबाट विद्वान प्रतिनिधिहरुलाई लिंदै सिक्किम, महाराष्ट्र, आसाम, अरुणाचल प्रदेश, दिल्ली आदिका बौद्ध विज्ञहरुलाई राष्ट्रव्यापी बौद्ध संगोष्ठी गर्दै लाने बताए | यसको निम्ति प्रत्येक बौद्धहरु सचेत भइ यस पवित्र माग बारे सहभागिता बन्ने पनि आह्वान गरियो | पुर्वान्चल महायान बौद्ध म्हानिपा संघ अध्यक्ष टाँसी लामा मोक्तानले बुद्ध दर्शनको गुड रहस्य प्रकास पार्दै अल इण्डिया बुद्धिष्ट फोरमको पहल बारे प्रसंसा गर्दै आफ्नो संघको पूर्ण सहयोग रहेको उल्लेख गरे | यसैगरी फोरमका सहसचिवा कमला तामांगले कविता मार्फत बुद्ध बन्दना गर्दै भाग्वान बुद्धको युगमा नारी जातीको प्रतिनिधित्व गर्ने मुक्तिको गाथा गाउँदै वासवदत्ता र आम्र्पालीले आफ्नो नरकतुल्य जीवनलाई बुद्धको संगतिमा परिवर्तन गरेर भिक्षुणीको जीवन व्यतित गरेको महान जीवन प्रति संगोष्ठीलाई प्रकाश पारे | संगोष्ठीमा उपाध्यक्ष लोप्साङ लामा, सेवाष्टिन प्रधान, अखिल भारतीय नेवार बुद्धिष्ट संगठनका एमबी नेवार, अखिल भारतीय तामांग बौद्ध संघका संयुक्त सचिव युएस तामांग, फोरमका सहसचिव लनम लामा, पार्वती मोक्तान, असमका हर्कबहादुर गुरुङ (अल इण्डिया आसाम गुरुङ तमु संघ) मणिपुरका खडग तामांग, नागाल्याण्डका बाबुल बरुवा, दिमापुर गुम्बा लोबेन पासाङ लामा, ओरियम घाटका युवराज गुरुङले पुर्वान्चलको अल इण्डिया बुद्धिष्ट फोरममा आफ्नो संलग्नता र सहभागिताको निम्ति प्रतिवध्ता प्रकट गर्दै सभामा आफ्नो वक्तब्य राखे | सभामा बुद्धिष्ट फोरममा पुर्वान्चलका प्रतिनिधिको रुपमा तदर्थरुपमा सर्वसम्मति द्वारा चयन गरियो जसमा बाबुल बरुवा, पुर्णिमा थोकर, पासाङ मोक्तान, खडग तामांग, फौदमान तामांग, नन्दराम तामांग, पीबी तामांग, पासाङ तामांग, मन बहादुर तामांग, टाँसी मोक्तान, टीटी भुटिया, लाक्पा लामा, विक्की रुम्बा, फुर्बा मोक्तान, पदमसिंह मोक्तान, धनबहादुर पाख्रीन, दोर्जे मोक्तान, बिरेन लामा, युवराज गुरुङ, छिरिङ लामा, हर्कबहादुर गुरुङ आदि चयन गरियो | सभालाई सम्बोधन गर्दै प्रमुख सलाहकार सुखमन मोक्तानले बुद्धिष्ट फोरमलाई प्रभावकारी बनाउन खुबै लगन साथ अघि बढ्ने र अध्यात्मको मूल विषयप्रति प्रतिनिधि, सदस्यवर्गको ध्यान आकर्षण गराए | आयोजक समितिका मूल सचिव हिमाल लामाले धन्यवाद ज्ञापन गरे भने अन्तमा फोरम अध्यक्ष जम्बु लामाले बौद्ध शिक्षा र दर्शन प्रति आफ्नो गहन वार्ता प्रस्तुत गर्दै लामाहरुको आदर्श र संगठन प्रति खुबै मनमोहक विचार राखेको जानकारी प्रचार प्रसार सचिव सुरेन पाख्रीनले जनाएको छ || 

चुङाजाम, गोलाघाट आसममा गत २१ मईको दिन चुङाजाम बुद्धिष्ट मोनाष्ट्री भवनमा अल इण्डिया बुद्धिष्ट फोरमको संगोष्ठी सभा जम्बु लामा अध्यक्ष अल इण्डिया फोरमको अध्यक्षतामा सम्पन्न भयो |

Read latest post filed under assam and northeast, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.