जोगीघाटमा हाट समितिको सचेतना रयाली

Tourist awareness rally by jogighat haat samity may day
जोगीघाट परिसर दिनोदीन पर्यटन स्थलको केन्द्र बिन्दु साथै पिकनिक स्पोट बन्दै गइरहेको सत्य सर्वविधित नै छ | जति जति पर्यटकहरुको घुइँचो बढ्न थाल्यो त्यति नै यहाँको खोला अनि वरिपरि फोहोर मैला अनि बोतलहरु फुटाएर फ्याक्ने गरेकोले वातावरण नै दुषित हुँदै गइरहेको छ | यसै कुरोलाई मध्यनजर गरि आज मई दिवस साथै मजदुर दिवसको शुभ मुहुर्त पारेर जोगीघाट शनिबारे हाट आयोजक समितिले बनभोज खेल्न आएका हजारौं मानिसहरुको सामु एउटा सचेतना रयाली आयोजन गर्यो | हाट समितिको कुशल प्रयासमा आयोजित यस रयालीमा यहाँको रियाङ खोलामा फोहर मैला नहालौं, बोतल फुटाएर जथाभावी नफालौं, करेन्ट लाएर माछा नमारौं, पर्यावरण स्वस्छ राखौं, मद मदिरा सेवन नगरौं जस्ता महत सचेतनामुलक प्ला कार्डहरु बोकेर जोगिघाट स्टील ब्रीज परिसरमा रयाली निकालेको थियो | रयालीमा हाट आयोजक समिति सभापति समीर मोक्तान, सचिव विभोर तामांग, निशेष मुखिया, प्रणय राई, बिकाश राई, सुदन राई लगायत, बरिष्ठ व्यक्तित्व भुपाल मोक्तान आदिको साथमा जोगिघाट, सिटोंगका मानिसहरु अनि बनभोज खेल्न आएका मानिसहरुको पनि सहभागिता रहेको थियो | रयालीपछि एउटा पथ सभालाई सम्बोधन गर्दै सभापति समीर मोक्तानले गाडीको गाडी आएका बनभोज समुहहरुलाई रयालीको औचित्य बारे बताएका थिए ||

जोगीघाट परिसर दिनोदीन पर्यटन स्थलको केन्द्र बिन्दु साथै पिकनिक स्पोट बन्दै गइरहेको सत्य सर्वविधित नै छ | जति जति पर्यटकहरुको घुइँचो बढ्न थाल्यो त्यति नै यहाँको खोला अनि वरिपरि फोहोर मैला अनि बोतलहरु फुटाएर फ्याक्ने गरेकोले वातावरण नै दुषित हुँदै गइरहेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.