सार्वजनिक सौचालय खुट्टा टेक्न नसकिने अवस्थामा

Bad conditon of public toilet in Mungpoo
हरेक शहर बजारहरुमा जनसाधारणको निम्ति सार्वजनिक सौचालय एकदमै आवश्यक हुन्छ | बजारबासीदेखि लिएर टाडा टाडाबाट आउने यात्री साथै मानिसहरुको निम्ति सौचालय महत्वपूर्ण हुन्छ | यसैसन्दर्भमा यहाँको नालीडांडादेखि रेशेप बजारसम्म जम्मा तीनवटा सार्वजनिक सौचालय भएपनि हालमा यी सबै सौचालयहरुको अवस्था बेहाल छ | पहिले सौचालय नहुँदा विभिन्न समुह संगठनहरुले सौचालयको माग गरेपनि अहिले बनिसकेपछि यसको राम्रो प्रयोग नगर्दा र बेहाल अवस्थामा छोड्दा मङपुबासीले माल पाएर पनि चाल नपाएको जस्तो बुझिएको छ | बिशेष गरेर रेशेप बजार स्थित छ्याङ खोलामा गत २०१४ – १५ तिर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको आरइडी डिपार्टमेन्ट द्वारा निर्माण गरिएको सार्वजनिक सौचालयभित्र अहिलेघरि खुट्टा टेकीनसक्नु अवस्थामा छ | प्रथमत: सौचालयमा पानीको व्यवस्था नगरिदिनाले पनि यो अवस्था भएको अनुमान लगाउन सकिन्छ भने यो सौचालयको प्रायोग गर्ने स्थानीय मानिसहरु साथै बाहिरकाहरुले पनि सौचालयलाई सफा राख्ने दिशामा कुनै ध्यान नदिएको बुझिन्छ | सौचालय भित्र अहिले घरि नशालु पदार्थ सेवन गर्ने दाजु भाईहरुले फ्याँकेका विभिन्न प्रकारका ड्रग्सका बोतलहरु, नचाहिँदो मैलाहरु फ्याँकिएकोले साथै दिसा – पिसाब गरेर नापखालिएकोले टेक्ने ठाउँसम्म छैन | यसरी नै नालीडाँडा र पल्लो रेशेप बजारमा निर्मित सौचालयको हालत पनि भन्न लायकको छैन | साधारण रुपमा सौचालयलाई बेसी ध्यानमा नराखिए पनि बाहिरबाट आएका मानिसहरुले कुनै पनि स्थानको सौचालय हेरेर नै त्यस स्थानको व्यवस्थापनको अन्दाज लगाउन सकिन्छ | यसैले सर्वहीतको निम्ति निर्मित मङपु क्षेत्रका यी सौचालयहरुलाई सफा राख्न साथै सदुपयोग गर्न हो भने स्थानीय संघ – संगठनहरु अघि आएर यसको निम्ति सफाईकर्मीहरु राख्दै पे टोइलेटमा परिणत गरे असल हुने बुझिएको छ नत्र भने अनिकालको समयमा सौचालयको प्रोजेक्ट हाल्दै केही पैसा कमाउने ठेकादारहरुको पनि एकपल्ट निर्मित सौचालयको प्रयोग गर्ने तरिकाले नै बाटो मर्न सक्ने छाँट देखापरेको छ ||

हरेक शहर बजारहरुमा जनसाधारणको निम्ति सार्वजनिक सौचालय एकदमै आवश्यक हुन्छ | बजारबासीदेखि लिएर टाडा टाडाबाट आउने यात्री साथै मानिसहरुको निम्ति सौचालय महत्वपूर्ण हुन्छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.