सिन्कोना सिजनल लेबरले अब १० र २० दिने वर्क अर्डरमा काम नगर्ने

Cinchona seasonal labour mahasangathan delegation
सिन्कोना बगानमा अस्थायी मजदुरको रुपमा कार्य गर्दै आइरहेको मजदुरहरुले आफ्नो हक र अधिकार खोज्न एउटा महासंगठन तयार गरेको दोश्रो दिननै यसको प्रतिनिधि टोलीले व्यवस्थापकको कार्यलयमा समाधान खोज्दै छलफल गर्न पुगेका थिए तैपनि व्यवस्थापक महोदय आवश्यक कार्यक्रममा व्यस्त भएको कारण भेटवार्ता हुन सकेन भने टोलीले आगमी ८ मईको दिन भेटवार्ता गर्ने अर्जी चडाएको छ | टोलीले सिन्कोनामा कार्यरत सहायक कर्मचारीहरुलाई चाडो पदोन्नति गर्दै ती रिक्त पदहरुमा अस्थायी मजदुरहरुलाई स्थायीकरण गरिदिने माग उद्धृत गरी एउटा माग पत्र पनि व्यवस्थापकलाई चडाउने योजना बनाएको थियो | प्राय: दुई घण्टा जति कुरेर बस्दा पनि व्यवस्थापक नआइपुगेको खण्डमा महासंगठनले व्यवस्थापकको कार्यलय छोडेर एउटा सभा बस्यो | जुन सभामा अस्थायी मजदुरहरुको महासंगठन तयार भएको हल्ला फैलनसाथ सिन्कोना अधिकारीबाट फेरि १० दिने र २० दिने कामकै वर्क अर्डर आउन सक्ने संगठनले अड्कल लगाएको छ | अस्थायी मजदुरको निम्ति संधै हरेक महिनाको पहिलो तारिखदेखि नै वर्क अर्डर हुनेगर्छ तर फेरि अचानक महिनाको बिचमा वर्क अर्डर आएमा अस्थायी मजदुरहरुको काम विषय लिएर खेलाइँची गरिएको संगठनले ठान्नेछ भने यसैको प्रतिवाद गर्न संगठनले अब उसो १० र २० दिने वर्क अर्डरमा काम नगर्ने साथै अब केवल पूर्णरुपले स्थायीकरणको अर्डर आए मात्र काम गर्ने निर्णय लिंदै भोलिदेखि नै सम्पूर्ण विभागका ग्याङमेनहरुलाई सो विषयमा औगात गराउन एउटा जानकारी पत्र चडाउने भएको छ | साथ साथै हरेक विभागमा कार्यरत स्थायी श्रमिक कर्मचारीहरुलाई पनि उनीहरुको भविष्यमा यस्तै समस्या आउन सक्ने जनाकारी गराउंदै उनीहरुबाट पनि गुहार लगाउने भएको छ |
महासंगठनको अडान अनुसार अस्थायी मजदुरहरु कुनै पनि राजनैतिक दल वा व्यक्ति बिशेषको कृपाले काम गर्न आएको होइन र सिन्कोनाको पुरानो कन्भेनशनल रुल अनुसार आफ्नो बाउ बाजेको बदला काम लिएर आएको हुनाले अस्थायी मजदुरहरुले चाडो न्याय पाउन पर्ने माग संगै आफ्नो हक र हितको निम्ति अराजनैतिक संगठनको रुप लिएको छ | यता अस्थायी मजदुरहरुको संगठन बनिनसाथ मङपु क्षेत्रको राजनैतिक धरातलमा ठुलो उथुलपुथुल हुन थालेको छ भने संगठनले आफुहरु पूर्णरुपले अराजनैतिक संगठन रहेकोले कुनै पनि दलको क्याडरहरु खोस्ने काम नगरेको स्पष्टिकरण दिंदै सम्बन्धित राजनैतिक दलहरुले अस्थायी मजदुरहरुलाई आफ्नो हक र अधिकार खोज्ने दिशामा कुनै हस्तक्षेप नगरिदिने अपिल गर्दै यदि सिन्कोनाको भलो चाहन्छ भने आफ्नो दलबाट अलपत्र परेको सिन्कोनाको व्यवस्थालाई सुल्झाउने कोशिश गरुन भनी सुझाव पनि दिएका छन् | आज महासंगठनको टोलीले सिन्कोना बगानका भूतपूर्व कर्मचारी संगठनको कार्यलयमा पनि सम्पर्क गर्दै यो मुद्दामा साथ दिने अपिल गरेको छ भने भूतपूर्व कर्मचारी संगठनको पक्षबाट पनि पूर्ण समर्थन गर्दै यही विषय लिएर उनीहरुले पनि भावी कार्यक्रम गर्ने जानकारी प्राप्त छ | संगठनको भावी कार्यक्रम अनुसार सोमबार बिहान सिन्कोना व्यवस्थापकसित भेटवार्ता गरेपछि संगठनको रङबी विभाग शाखा गठन गरिने भएको छ भने अन्यदिन रङजु भेल्ली शाखा पनि गठन गरिनेछ | यसरी नै सिन्कोनाको चौधवटा विभागहरुमा कार्यरत अस्थायी मजदुरहरु बिशेष रुपले मनसोङ र लाठपन्चरसित पनि सम्पर्क गरि चाडो संगठनमा ल्याउने योजना रहेको छ | कुनै पनि विभागका अस्थायी मजदुरहरुले महासंगठन बारे जान्न चाहे सोझै यसको पदाधिकारीहरुसित सम्पर्क गर्न सक्ने बताउँदै अस्थायी मजदुरहरुको माग पुरा नभएसम्म पार्टी, जात र रङ भेद नगरि एउटै मूलधारामा बग्ने आह्वान संगठनले गरेको छ | संगठनले आगमी दिनहरुमा आफ्नो मागको खातिर सबै विभागका अस्थायी मजदुरहरुलाई लिएर रयाली साथै आमरण अनशनसम्म बस्ने टेक लिएको छ | आज व्यवस्थापकसित भेटवार्ता गर्न पुगेको टोलीमा बिशेष रुपले महासंगठन सभापति राजेश थापा, उपसभापति योग्य तामांग, सचिव मनिष थापा, सहसचिव अल्बर्ट तामांग, कोषाध्यक्ष संजय राई लेखापरिक्षक वाङगेल तामांग लगायत अन्य कार्यकारिणी सदस्यहरु उपस्थित रहेका थिए ||

सिन्कोना बगानमा अस्थायी मजदुरको रुपमा कार्य गर्दै आइरहेको मजदुरहरुले आफ्नो हक र अधिकार खोज्न एउटा महासंगठन तयार गरेको दोश्रो दिननै यसको प्रतिनिधि टोलीले व्यवस्थापकको कार्यलयमा समाधान खोज्दै छलफल गर्न पुगेका थिए तैपनि व्यवस्थापक महोदय आवश्यक कार्यक्रममा व्यस्त भएको कारण भेटवार्ता हुन सकेन भने टोलीले आगमी ८ मईको दिन भेटवार्ता गर्ने अर्जी चडाएको छ |

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.