एसआई एम हुसैनको पहलमा आउटपोस्टसम्म जाने सडक निर्माण

Road construction towards Mungpoo police outpost under SI M HUssain
मङपु क्षेत्र भरिको अपराधिक कार्यहरुलाई नियन्त्रण गर्न तयार गरिएको मङपु आउट पोस्टसम्म पुग्ने गाडी सडक आजसम्म थिएन | मूल सडकदेखि आधा किलोमिटर जति टाडो पनि नरहेको आउटपोस्ट पुग्ने कुनै सडक नभएको कारण क्षेत्रमा कुनै पनि हादसा भए पुलिसबल तुरन्त आउन नसक्ने कठिनाइ थियो | किम्वदन्ती अनुसार अंग्रेजको पालोदेखि नै यहाँको सिन्कोना बगानको अमुल्य सम्पतिहरुको निगरानी राख्न एउटा क्याम्प बनाएर राखिएको आउट पोस्टले विगत २००७ मा सरकारीबाट आउटपोस्टको मान्यता पाएको जानकारी छ | यतिका वर्षसम्म थुप्रै आउट पोस्ट प्रभारीहरु आउंदै जाँदै गरेपनि बाटोको असुविधालाई लिएर कसैले पनि कुरा उठान गरेको थिएन भने विगत २०१४ सालमा आउटपोस्ट प्रभारी भएर आएका पुलिस एसआई एम हुसैनले यस असुविधालाई अनुभव गरि चारैतिर गुहार लगाएर आउटपोस्ट सम्म पुग्ने सडक निर्माण कार्य शुरु गरेको छ | एसआई एम हुसैन आएदेखि यता मङपुमा धेरै सुधार आएको जनताले अनुभव गरेको छ | उनको आगमनपछि यहाँको नियममा परिवर्तन अनि थुप्रै विकाशको कार्यहरु भएको छ | उनकै उपस्थितिमा यहाँको सम्पूर्ण गाउँहरुमा पुलिस सहायक कमिटिहरु गठन गरियो, ट्राफिक व्यवस्थामा सुधार ल्याउन साथै अप्रिय घटनाहरु रोक्न नालीडांडामा औपचारिक ट्राफिक कन्ट्रोल गर्दै पुलिस ड्युटी गरिन थालियो, उनकै पहलमा स्लो ड्राइभ सेफ लाइफको नारा सहित हेल्मेट लाएर मात्र दुईचक्के बहान चलाउने नियम लागु गरियो, उनकै पहलमा यहाँको बिशेष सार्वजनिक स्थलहरुमा नो स्मोकिंग जोनहरु घोषणा गरिएको छ | आफु आउटपोस्ट प्रभारी हुँदा हुँदै पनि कुनै पनि घटनामा पुलिसबलको प्रयोग गरेर कुटपीट गर्नको साटो मिठो बोलीले सम्झाएर नै आजसम्म नियन्त्रणमा ल्याउन सक्ने एसआइ एम हुसैनको कुशल प्रयासमा आज आउटपोस्ट सम्म जाने १५० मिटरको सडक निर्माण कार्य अंग्रेजको पालोदेखि यताको एउटा ऐतिहासिक कार्य भएको छ | निर्माण कार्यमा सिन्कोना निर्देशकबाट एनओसी प्राप्त गरेको जानकारी छ भने सडक खन्नको निम्ति निर्माणाधीन आइटीआईको कन्ट्राकटरहरुले जेसीबी दिएको छ | यसरी नै ढुंगा, बालुवा आदि लोकल ट्रक मालिकहरुले सघाएको छ | आउटपोस्टको सिविक पुलिस अनि भिलेज पुलिसहरु समेतले ढुंगा बोकेर निर्माण गरिएको सडकमा सिन्कोनाको पक्षबाट काम गर्ने मजदुरहरु उपलब्ध गराइएको छ | यसरी मङपुदेखि टाडाको एउटा व्यक्तिले यहाँको असुविधालाई सुल्झाउने कार्य गरेपछि स्थानीय जनताले यस आउटपोस्टको निम्ति सम्बन्धित विभागले चाडो चार चक्के वाहन उपलब्ध गराइदियोस भनी माग गरेको छ भने आजसम्म यो आउटपोस्टको निम्ति पुलिस विभागबाट एउटा पनि पेट्रोलिङ भ्यान उपलब्ध गराइएको छैन | सम्भवत: यो आउटपोस्ट दार्जीलिंग पहाडकै बृहत आउटपोस्ट हो जसले तीन माइलदेखि रोङचोङ रयाङसम्म निगरानी राख्नपर्ने भएकोले मङपुको बृहत क्षेत्रलाई हेर्ने सम्बन्धित विभागले यहाँ आफ्नै थाना बनाइदिने पनि जनताको माग रहेको छ || 

मङपु क्षेत्र भरिको अपराधिक कार्यहरुलाई नियन्त्रण गर्न तयार गरिएको मङपु आउट पोस्टसम्म पुग्ने गाडी सडक आजसम्म थिएन | मूल सडकदेखि आधा किलोमिटर जति टाडो पनि नरहेको आउटपोस्ट पुग्ने कुनै सडक नभएको कारण क्षेत्रमा कुनै पनि हादसा भए पुलिसबल तुरन्त आउन नसक्ने कठिनाइ थियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.