सचेतना फैलाउँदै सिन्कोनाको सहायक संगठन मस्टरमा

Cinchona Helper Sangathan
सिन्कोना बगानमा दीर्घदिनदेखि बन्द रहेको ग्रुप डी नियुक्ति प्रकियालाई यथाशीघ्र सुचारु गराउनपर्छ भन्ने एक शुत्री माग लिएर स्थापित सहायक संगठन, सिन्कोना एवम अन्य औषधीय पौधाहरुको केन्द्रीय समितिको निर्देश अनुसार संगठनको उदेश्य, माग अनि बर्तमान बन्द रहेको ग्रूप डी नियुक्ति प्रक्रियाले भविष्यमा समस्त सिन्कोना बगान अनि सिन्कोनासंग आश्रीत बगानबासीलाई नकारात्मक प्रभाव पार्न सक्ने सम्भावनालाई अव्गात गराउंदै आज सिन्कोना बगान मङपु अधिनस्थ पाँचैवटा विभागीय मस्टरहरुमा केन्द्रीय समितिको प्रतिनिधित्वमा साथै जोनल कमिटि अनि शाखा समितिका पदाधिकारीवर्गको उपस्थितिमा आ आफ्नो विभागीय मस्टरमा उपस्थित कर्मचारी सहायक एवम मजदुरवर्गलाई संगठनको पक्षमा क्रमैले मङपुर विभागमा दयानन्द राई प्रमुख सल्लाहकार केन्द्रीय समिति, रङबी विभाग मस्टरमा सन्जीब घिसिंग सभापति मङपु जोनल कमिटि, लाब्दा विभागमा लोकमणि शर्मा मूलसचिव जोनल कमिटि र मुनाल घिसिंग मूलसचिव केन्द्रीय समिति, रेशेप विभागमा अमृत खड्का सहसचिव केन्द्रीय समिति अनि  रन्जुभेल्ली विभागमा प्रभात राई प्रमुख सलाहकार केन्द्रीय समितिले सम्बोधन गरे |
बर्तमान सिन्कोना बगानमा बन्द रहेको नियुक्ति प्रक्रियाले सहायकवर्गलाई मात्र प्रभाव नपारेर आज सिन्कोना व्यवस्थापनको कार्यप्रणालीमा समेत धेरै असुविधाहरु सृष्टि भइरहेको छ भने अवकाश प्राप्त कर्मचारीको बदलामा केवल १० दिन अनि २० दिन मात्र त्यो पनि पूर्ण अस्थायी रुपमा कामहरु प्रदान गर्न बाध्य भइरहेको ज्वलन्त उदाहरणहरु सबैको आँखा अघि स्पष्ट छ | यस्तैक्रम अघि बढ्दै गए निकट भविष्यमा मजदुरवर्गको बदली काम पनि बन्द हुन सक्ने सम्भावनाहरु प्रसस्तै छन् | बगानको मेरुदण्ड मानिने मजदुरवर्गको बदली काममा पनि यस्ता नकरात्मक स्थितिहरु सृजना भए समस्त सिन्कोना बगानकै अस्तित्व माथि ठुलो संकट आइपर्ने छ यसकारण सो विषयमा सम्पूर्ण बगानमा कार्यरत कर्मचारीवर्ग, स्थायी – अस्थायी मजदुरवर्ग अनि सहायकवर्ग मात्र नभएर सिन्कोनासंग प्रत्यक्ष – परोक्ष रुपमा आश्रीत सचेत नागरिकवर्गलाई पनि सिन्कोना बगानको सम्वर्धन र संरक्षणको निम्ति अघि आइदिने सहायक संगठन अपिल गर्दछ |
सिन्कोना बगानको इतिहासमा बगानको स्थापनाकालदेखि नै चल्दै आइरहेको मजदुर पदोन्नति भइ कर्मचारीमा जाने अनि कर्मचारीको अवकाशपछि उसको बदलीमा पुन: मजदुरमा नियुक्ति पाउने जस्ता बगानको परम्परागत चक्र आज ग्रुप डी नियुक्ति प्रक्रिया ठप्प रहेको कारण बन्द छ र सो चक्रलाई फेरि सुचारु रुपमा परिचलन गर्नको निम्ति बगानमा बन्द रहेको ग्रुप डी नियुक्ति प्रक्रियाको ढोका खोल्न अति जरुरी भएको छ | सो नियुक्ति प्रक्रिया खोलिए सहायकवर्गलाई मात्र नभएर सिन्कोना बगानसंग आश्रित हरेक तबका नागरिकदेखि सिन्कोना व्यवस्थापनलाई नै ठुलो फाइदा पुग्ने हुनाले सिन्कोना बगानलाई आइपरेको उक्त जटिल समस्याको समाधान हेतु आज समस्त मजदुरवर्ग, कर्मचारीवर्ग लगायत सिन्कोनालाई आमालाई जस्तै माया गर्ने सचेत नागरिकवर्गलाई अघि आइ संगठनलाई साथ दिने पनि सहायक संगठनले अपिल गर्दछ |
सहायक संगठन स्थापित भएदेखि यता बगानका व्यवस्थापकदेखि निर्देशकसम्म अनि जीटीए कार्यपाल साथै मुख्यमन्त्री पश्चिम बङ्गाललाई पनि सो समस्या समाधान गरिदिने अपिल अर्जी चडाइसकेको भएपनि आजसम्म सरकार पक्षबाट सो विषयमा कुनै ठोस कदम चाल्ने तरखरसम्म नभईरहेको संगठनले अनुभव गरिरहेको छ | आगमी दिनमा पनि संगठनले उक्त मागमाथि सरकार पक्षबाट कुनै प्रकारको यथोचित कार्यवाही नभए संगठन आन्दोलनमा उत्रिन बाध्य हुनेछ | संगठनले आफ्नो मागलाई हासिल गर्न पक्कै आन्दोलन नै गर्नपर्छ भने पनि पछि नहट्ने बरु अझ जोरदार रणनितिको साथ अघि आइ सिन्कोनाको उक्त समस्याको समाधान गर्न गणतान्त्रिक आन्दोलन गर्ने प्रतिवध्ता गरेको जानकारी सहायक संगठनको पक्षमा केन्द्रीय समिति मूल सचिव मुनाल घिसिंगले जनाएको छ || 

सिन्कोना बगानमा दीर्घदिनदेखि बन्द रहेको ग्रुप डी नियुक्ति प्रकियालाई यथाशीघ्र सुचारु गराउनपर्छ भन्ने एक शुत्री माग लिएर स्थापित सहायक संगठन, सिन्कोना एवम अन्य औषधीय पौधाहरुको केन्द्रीय समितिको निर्देश अनुसार संगठनको उदेश्य, माग अनि बर्तमान बन्द रहेको ग्रूप डी

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.