गोजमुमो रेशेप शाखाको सांगठनिक सभा

Flag Gorkha janmukti morcha
मङपु लाब्दा समष्टि अन्तर्गत रेशेप शाखाको सांगठनिक सभा यहाँको दिपक प्राथमिक पाठशाला भवनमा शाखा अध्यक्ष रुपास बोम्जनको सभापतित्वमा सम्पन्न भयो | शाखा सचिव रिनेश शेर्पाले संचालन गरेको सभामा छ वटा वार्डबाट नारी मोर्चा, युवा मोर्चा, प्यारेन्स बडीको व्यापक सहभागिता राहेको थियो | सम्बोधनको क्रममा समष्टि सभासद रतन कुमार थापाले दार्जीलिंग पहाडको राजनैतिक भविष्य बारे चिन्तन गर्नु आवश्यक रहेको बताउँदै अध्यक्ष बिमल गुरुङले स्वार्थको राजनीति नगरेर भारतभरि छरिएर बसेको गोर्खाहरुको हक र हितमा काम गरिरहेको बताए | उनले अझ बताए कि गोजमुमो पार्टी आउन भन्दा अघि सिन्कोना बगान प्राय: निजीकरण हुने अवस्थामा थियो अहिले आएर बगानको अवस्था राम्रो भएको बताए | त्यस्तो अवस्थामा गोजमुमोले सिन्कोनाको निम्ति गरेको कार्यमा विपक्षीहरुले किन प्रसंसा गर्न सक्दैन भन्दै यसैले जनता सचेत हुनु आवश्यक रहेको जनाए | सम्बोधनकै क्रममा दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन महासचिव राईले सिन्कोना बगानमा चलिआएको कन्भेन्शन रुल अनुसार अब उसो नियुक्ति अनि पदोन्नति हुनपर्छ भन्ने संगठनको सरकार पक्षसित माग रहेको बताउंदै यदि सिन्कोना बगानमा न्यायलयको आदेश बमोजिम रिक्रुटमेन्ट रुल लागु भए भोलि गएर बगानको संस्कार एवम पारम्परिक नियम संधैको निम्ति सकिने साथै उमेर आयु सिमा अनुसार नियुक्ति नियम लागु हुने, इम्प्लोईमेन्ट एक्सचेन्जबाट नै नियुक्ति अनि पदोन्नति हुने बारे अव्गात गराउंदै सांगठनिक सभामा बर्तमान संगठन केवल नेतृत्वको सम्भाषण मात्र होइन तर कार्यकर्ताको के गुनासो छ त्यसमाथि पनि बिचार गरिनुपर्ने कुरा राखे | यसरी नैआफ्नो सम्बोधनमा कोअर्डिनेटर मिरेन लामाले आफुले कोअर्डिनेटरको पदभार सम्हालेपछि सिन्कोना बगानकै निम्ति खटिरहेको बताउंदै अहिले घरि चुनाव आचार संहिता लागु भएको कारण आगमी २१ मईदेखि उता मात्र सम्बन्धित विभागमा कार्यहरु क्रमिक रुपमा गरिने साथै हालमा शिक्षक नियुक्ति बारे बोल्दै शिक्षा विभाग जीटीएबाटै सिफारिस लिएर शिक्षक नियुक्ति भएको तर यहाँ जनतालाई अन्योलमा पार्ने काम भइरहेको बताए | यसैले जनताले विपक्षी पार्टीको हामीले शिक्षक नियुक्ति गरेको हौँ भन्ने कुरोलाई नकार्न सक्नुपर्छ भनी बताए | यदि विपक्षीहरुले हामीले नियुक्ति गरेका हौँ भन्छ भने नियुक्तिको अनुमोदन कहाँबाट गराइएको छ सो बारे जनतालाई बुझावोस भनी बताए | सभामामा शाखा युवा मोर्चा सचिव प्रणय राई, मङपु लाब्दा समष्टि युवा मोर्चा मूल सचिव विज्ञेन मिश्र, समष्टि कानुनी सलाहकार राम पोख्रेल आदिले पनि पार्टीको गतिविधि माथि बोल्दै सभालाई सम्बोधन गरेका थिए भने सभामा वरिष्ठ नागरिक डीएस लोहार, डी कुमार परियार, एनसी शेर्पा, भूतपुर्व शिक्षक केबी गिरी, पुर्व प्रधान अध्यापक समल कार्की, नारी मोर्चा मङपु जोनबाट सुर्यमणि राई, नैना कला राई, सबिना राई, शकुन मुखिया, जयन्ता गिरी, तुलसा सिंगौरी, बत्तु गुरुङ, समष्टि अध्यक्ष उर्गेन शेर्पा, सचिव रतन लामा, समष्टि युवा मोर्चा सभापति बिकाश गुरुङ, युनियन मङपु जोनबाट किशन बुडाथोकी, सुसन छेत्री आदिको उपस्थिति रहेको जानकारी शाखा सचिव रिनेश शेर्पाले दिएको छ ||

मङपु लाब्दा समष्टि अन्तर्गत रेशेप शाखाको सांगठनिक सभा यहाँको दिपक प्राथमिक पाठशाला भवनमा शाखा अध्यक्ष रुपास बोम्जनको सभापतित्वमा सम्पन्न भयो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.