मन्सोङ सिजनल लेबरहरूले दिए विभाग प्रभारीलाई ज्ञापन

Cinchona seasonal labour sangathan Munsong
मन्सोङ सिन्कोना बगानका श्रमिकहरूका अधिकारको निम्ति गठन गरिएको मन्सोङ सिजनल लेबर सङ्गठनको एक प्रतिनिधि टोलीले आज विभागका प्रभारी मदन मुखियालाई सिन्कोना मुख्य कार्यलयमा भेट गरि एक ज्ञापन पत्र बुझाएको छ। उक्त ज्ञापन पत्रमा मन्सोङ सिजनल लेबरहरूको कमानको काम सुचारोरूपले सञ्चालन गरिन पर्ने माग गरिएको छ । ज्ञात रहोस, यस बर्षको मई महिनादेखि बगानका सिजनल लेबरहरूलाई विभागले काम बन्द गरिदिएका छन्। जसलाई लिएर सिजनल लेबरहरू संघर्षका निम्ति सङ्गठित भएका हुन् । बगानको मन्सोङ, बर्मेक, कास्योम, साङसेर अनि रम्फू विभागका सिजनल लेबरहरू सङ्गठित हुँदै अधिकारको निम्ति अघि आएको हो। आज ज्ञापन पत्र दिने क्रममा सङ्गठनका अध्यक्ष एनोल्ड तामाङ, सचिव सतिस गुरूङ, सयोजकहरू नोर्देन शेर्पा, सुदेश राई, कृषण बहादुर राई, नविन खवास, रञ्जिता राई, मनोहर गुरूङ, सुक्र गुरूङको उपस्थिति रहेको थियो। यता अध्यक्ष एनोल्ड तामाङले बताए अनुसार आज आफूहरू विभाग कहाँ सिजनल लेबरहरूको कमानको कामलाई खोलिदिन पर्ने माग लिएर आएको बताएका छन् । गत महिनादेखि हामी बगानमा बेकारी अवस्थामा रहेका छौं, हाम्रो मागलाई विभागले केहि दिन भित्रमा नै पूरा गर्ने माग गरेका छौं। यसो नभएको खण्डमा हामी विभागको विरुद्ध आवाज उठाउन बाध्य बन्ने छौं। हाल मङपू लगायत विभिन्न सिन्कोना विभागहरूमा सिजनल लेबरहरूले काम गरिरहेको छ तर मन्सोङका सिजनलहरूलाई मात्र कामबाट वञ्चित गराइएको छ। मन्सोङ बगानको सिजनल लेबरहरूको काम निर्देशक डा. सामुयल राईले नै रोक्ने निर्देश दिएको हुनाले आफूहरूले यो कार्य गर्न बाध्य भएको कुरा विभागका प्रभारी मदन मुखियाले बताएका छन् । यस माग पत्रलाई आफूले निर्देशक कहाँ पुराउने अनि समस्याबारे पहल गर्ने पनि उनले आश्वसन दिएको सङ्गठनका सचिव सतिस गुरूङले जानकारी गराएका छन्।  

मन्सोङ सिन्कोना बगानका श्रमिकहरूका अधिकारको निम्ति गठन गरिएको मन्सोङ सिजनल लेबर सङ्गठनको एक प्रतिनिधि टोलीले आज विभागका प्रभारी मदन मुखियालाई सिन्कोना मुख्य कार्यलयमा भेट

Read latest post filed under cinchona

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.