बितेको शुक्रबार गोर्खा जनमुक्ति मोर्चाले डाकेको १२ घण्टे बन्द बारे हिल तृणमूल मङपुले समिक्षा सभा राख्दै उक्त बन्दलाई अराजक बताएको छ | आरआर ब्लक उपसभापति बीएस राईको सभापतित्वमा सम्पन्न सभामा बन्द अवधि असामाजिक तत्वहरु द्वारा सामाजिक सम्पदाको हानी पुराएकोमा दु:खद आलोचना गरियो | पहाडमा बंगला भाषा लागु गरिनुपर्ने विषय लिएर उठेको राजनैतिक रस्साकस्सीले सृजना भएको १२ घण्टे बन्दले मङपुमा पनि असर पर्नुको साथै सामाजिक सम्पदाको हानी पुराएको छ | उक्त बन्द अवधि मङपुमा बन्दै गरेको आईटीआई क्षेत्रको ठेकादार कार्यलयमा आगजनी गर्नुको साथै सिन्कोना निर्देशालय तोडफोड गरेकोमा मङपु हिल तृणमूल कंग्रेसले यस्तो कार्यलाई कुकार्य भनेको छ | बन्द डाक्दै मोर्चा समर्थकहरुले आइटीआइको अस्थायी कार्यलयमा आगजनी गर्दा कार्यलयभित्र रहेका कागजपत्र जलेर गएको थाहा लागेको पनि सभामा चर्चा गरियो भने बन्दको दिन बिहान लगभग ८ बजे कार्यलय खोलिनु अघि मोर्चा समर्थकहरु सिन्कोना निर्देशालय पुगेर निर्देशालयमा जडित सीसी क्यामेरा तोडेर, तारहरु काटेर काम नलाग्ने बनाएको साथै सिन्कोना निर्देशालयको खिड्कीको ऐना फुटाएर भत्काएको र निर्देशकको च्याम्बरभित्र पसेर निर्देशक डा० सामुयल राई बस्ने चौकी समेत धारिलो हतियारले काटेको बिशेष सुत्रबाट थाहा पाएपछि उक्त विषयमा मोर्चाले हिंस्रक पध्व्ती अपनाएको भन्दै आलोचना गरेको छ | अर्को कुरा बन्द अवधिमा सिन्कोना निर्देशक कार्यलयमा यतिको हिंस्रक काम हुँदा समेत कसैले आजसम्म निन्दा नगरेको साथै प्रेस मिडियामा समेत छापामा नआएकोले हिल तृणमूल कंग्रेस मङपु एकाईले दुखद अनुभूति गरेको छ | सभामा चर्चा गर्दै सिन्कोना खेती सिन्कोनाबासीको निम्ति जीविकोपार्जन हो भन्दै सिन्कोनासित सम्बन्धित कुनै पनि सम्पति नष्ट गर्नुको अर्थ सिन्कोनालाई घात भएको अर्थ लगाउछन् हिल तृणमूल कंग्रेस मङपु | बर्तमान सिन्कोना बगान मङपुमा मोर्चाले जनताको अघि सिन्कोना हितको कुरा गरेपनि सिन्कोनाको भयावह स्थितितिर गम्भीर सोंच नरहेको टिप्पणी गर्दै मोर्चाको कथनी र करणीमा फरक रहेको चर्चा गरियो | बन्द अवधि विध्वंशमुलक काम गरेको विषयमा चर्चा गर्दै यस प्रकारको काममा मोर्चाका शिर्ष नेतृत्वले आफ्नो पार्टीको क्याडरहरुलाई नियन्त्रणमा राख्न कम्जोर भएको बताउँदै मोर्चा नेतृत्वमाथि प्रोपोगण्डा गर्ने मात्र नियत रहेको बताएको छ जुन प्रोपोगण्डाले सामाजिक वातावरण बिगारेकोले आम नागरिकहरु चिन्तामा परेको पनि चर्चा गरियो | सभामा पवन बल, आरआर ब्लक सचिव, रेजिना गुरुङ महिला सचिव जिल्ला कमिटि, किरण ब्लोन सिन्कोना सभापति केन्द्रीय समिति, संजय थापा सभापति जोन साथै अन्यले वक्तव्य राखे ||
सिन्कोना निर्देशालय तोडिएकोमा हिल तृणमूलको प्रतिवाद
11Jun2017
Post a Comment