मङपुमा एकैवटा भएको एटीएममा पनि लिंक नभएर उपभोक्ताहरु बिचल्नीमा परेको छ | महिनाको पहिलो साता सिन्कोना बगानका मजदुर, कर्मचारीहरुको मासिक तनखा पाउने दिन पनि एटीएममा लिंक नहुँदा निराश भएर फर्किनु परिरहेको छ | केही वर्ष अघि मात्र स्थापित स्टेट ब्यांक अफ इण्डियाको एटीएम बुथमा घरि पैसा नहुने, घरि लिंक नहुने समस्याले मङपुबासी हुनसम्मको समस्यामा परेको छ | एकातिर सिन्कोना बगानको हरेक मजदुर कर्मचारीहरुको मासिक तनखा ब्यांकको खातामा हाल्न थालेपछि हरेकको तनखा ब्यांक खातामा नै जाने गरेको छ भने अर्कोतिर यहाँ जडान गरिएको एटीएम बुथले मङपुबासीको आवश्यकतालाई पुरा गर्न सकेको छैन | हरेक महिना बगानका मानिसहरु आफ्नो मासिक तनखा निकाल्न, जलपहाडको स्टेट ब्यांक, दार्जीलिंग, कालेबुंग, सिलिगुडी साथै रम्बी, टीस्टाको एटीएमतिर पनि जानेगर्छ | यता सिन्कोना बगानका मजदुर कर्मचारीहरुले आफ्नो मासिक तनखा धरि निकाल्न नपाएको समय मोर्चाको आगमी आन्दोलन अनुरुप केवल सोमबार र बिहिबार मात्र ब्यांक खुल्ला राख्ने घोषणाले झनै बगान मजदुर अनि कर्मचारीहरुको मनमा ढ्यांग्रो बज्न थालिसकेको छ | बिशेष गरेर मङपु क्षेत्रबाट स्टेट ब्यांकको निम्ति यति धेरै ट्रान्जेक्शन हुँदा पनि ब्यांक पक्षले किन आफ्नो ब्रान्च स्थापित गर्दैन भन्दै यहाँका सम्पूर्ण जनताले मङपु भित्रनै स्टेट ब्यांकको शाखा खोलिदिने अपिल पनि गरेका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?