बरुण भुजेलको निधनमा मङपु पनि बन्द रह्यो

One day strike in mungpoo for Barun Bhujel
कालेबुङ नगरपालिका पार्षद स्वर्गीय बरुण भुजेलको आकस्मिक मृत्युले मङपु क्षेत्र पनि शोकमा व्याप्त रहेको छ | भारतीय गोर्खाहरुको जातीय अस्मिता र चिन्हारी छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन अवधि पक्रा परेका बरुण भुजेल पुलिस हिरासतमा अस्वस्थ्य भइ अन्तमा प्राण त्याग गरेपछि समस्त गोर्खा जगतलाई शोकमा डुबाएको छ | एक कुशल सच्चा गोर्खाल्याण्डप्रेमीलाई गुमाउन पर्दा शोक जनाउँदै समस्त नालीडाँडा बजार तथा रेसेप बजार व्यवसायीवर्ग र चालकवर्गले आ आफ्नो गाडी नकुदाएर बङ्गाल सरकारको अत्याचार र दमननीतिको घोर प्रतिवाद गर्दै एकता प्रदर्शन गरेका थिए | पश्चिम बङ्गाल सरकार र मुख्यमन्त्रीले जुन बङ्गालवाद चलाउंदैछ भने हामी किन गोर्खावाद चलाउन सक्दैनौ ? भारतीय संविधानभित्र छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दा बङ्गालपन्थी एक हुन्छ भने गोर्खाहरु पनि यस्तो अवस्थामा टुक्रा टुक्रा हुनु हुँदैन | हाम्रो अनेकताको फाइदा उठाएर बङ्गालवादले हामीलाई अत्याचार गरिरहेको छ | आज डेड करोड गोर्खाहरुको जातीय चिन्हारीको निम्ति हांसी हांसी आफ्नो जीव गुमाउने शहिद बरुण भुजेल महान हुन् | त्यसर्थ बुद्धजीवि अनि शिक्षित जमातले पनि बङ्गाल सरकारको गोर्खा जाति प्रतिको नीतिको विरोध गर्दै अहिले नै सडकमा आएर प्रतिवाद जनाउन सक्नुपर्छ | बरुण भुजेलको आत्माले शान्ति पाउन हो भने सारा गोर्खाहरु एक हुनपर्छ | शहीद कुनै गुटको निम्ति शहिद भएको होइन तर सम्पूर्ण गोर्खाहरुको एउटै माग गोर्खाल्याण्डको निम्ति भएको हो | हामीले अझ टुक्रा टुक्रा हुने प्रथा छोडेनौ भने बङ्गाल शासकहरुले अझ धेरै बरुण भुजेल जस्ता गोर्खाहरुलाई निमिट्यान्न पार्न पछि पर्नेछैन | त्यसर्थ हाम्रो अन्तिम समाधान गोर्खाल्याण्ड भएकोले सारा विश्वको गोर्खा एक भएर लक्ष्य प्राप्तिको निम्ति अघि आउन पर्छ | गोर्खाहरुको एकमात्र संग्रामी नेता अध्यक्ष बिमल गुरुङले मात्र छुट्टै राज्य गोर्खाल्याण्ड पार लगाउन सक्छ | अध्यक्ष गुरुङको इमान्दारिता, आँट र त्यागको शंका छैन | जसले गर्दा सारा गोर्खाहरुको ध्यान बर्तमान बिमल गुरुङको जनता समक्ष आउने दिन र केन्द्र सरकारको आगमी पदक्षेपतिर केन्द्रित रहेको छ | त्यसर्थ अध्यक्ष गुरुङको नेतृत्वमा गोर्खाल्याण्ड प्राप्त हुनसक्ने हुनाले सम्पूर्ण शाखाहरुका जनता अडिग भइ बसी दिने निवेदन मङपु लाब्दा समष्टि गोजमुमो सचिव रतन लामाले गरेका छन् | सचिव लामाले शहीद बरुण भुजेलको चीर आत्मा शान्तिको निम्ति साथै तिनको परिवारमा परेको इश्वरीय बज्रपातलाई सहन गर्ने क्षमता दिउन भनी प्रार्थना गर्दै शोक प्रकट गरेका छन् | मङपु लाब्दा समष्टिका विभिन्न शाखाका गोर्खाल्याण्डप्रेमी जनता,बन्दलाई सहयोग गरी आआफ्नो दोकानपाट पूर्णरुपले बन्द गरि साथै गाडी मालिकवर्ग तथा चालकवर्गले पनि बन्द पालन गरि छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति एकतामा आएर बंगाल सरकारको अत्याचार र दमननीतिको प्रतिवाद जनाइदिएकोमा हार्दिक कृतज्ञता पनि प्रकट गरेका छन् | अन्तमा गोर्खाल्याण्डको निम्ति फुटेर होइन जुटेर सारा गोर्खा तथा शहिदहरुको सपना गोर्खाल्याण्डलाई वास्तविकतामा ल्याउँन सबै एक भएर अघि बढ्ने आह्वान गरेको जानकारी समष्टि प्रचार प्रसार सचिव बुद्ध कुमार थापाले दिएका छन् ||      

कालेबुङ नगरपालिका पार्षद स्वर्गीय बरुण भुजेलको आकस्मिक मृत्युले मङपु क्षेत्र पनि शोकमा व्याप्त रहेको छ | भारतीय गोर्खाहरुको जातीय अस्मिता र चिन्हारी छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन अवधि पक्रा परेका बरुण भुजेल पुलिस हिरासतमा अस्वस्थ्य भइ अन्तमा प्राण त्याग गरेपछि समस्त गोर्खा जगतलाई शोकमा डुबाएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.