मङपु भलीबल टुर्नामेन्टको बिजयी ट्रफी रेसेपको झोलीमा

Inter Mungpoo Open Volleyball tournament winner Resep division
स्वर्गीय भीम कुमार पाख्रीन स्मारक ट्रफीको गत १४ अक्टोबरदेखि मङपुको जनता अनि पुलिस आउटपोस्टको संयुक्त तत्वधानमा यहाँको मङपु खेल मैदानमा सम्पन्न भइरहेको अन्तर विभाग खुल्ला हातेभकुण्डो प्रतियोगिताको चुडान्त खेला आज विविध कार्यक्रम बिच सम्पन्न भयो | मङपुका जम्मा दसवटा दलहरुले अंश ग्रहण गरेको यस टुर्नामेन्टमा विभिन्न दलहरुलाई पराजित गर्दै एकापट्टि लाब्दा अनि अर्कोपट्टि रेशेपको दलले आज फाइनल खेल्यो | शुरुदेखिनै रोमान्चक रहेको खेल अन्तसम्म पनि जोशपूर्ण रह्यो | बिशेष आकर्षणको रुपमा लाब्दा विभागबाट सिलिगुडी बागाजतिन क्लबका खेलाडीहरु उत्रेका थिए भने उस्तै प्रकारले रेशेपको पक्षबाट कालेबुंगका खेलाडीहरु थिए | यसरी दुवै दलबाट नामी खेलाडीहरु उत्रेकोले दर्शकहरुको भीड व्यापक रहेको थियो भने आआफ्नो दललाई चेयरअप दिंदै दर्शकहरुले पनि अन्तसम्म नै रोचक खेलको मजा लुटेको पाइयो | आजको म्याचमा लाब्दाका खेलाडीहरुले जोशपूर्ण र उच्च स्तरीय खेल प्रदर्शन गर्दा गर्दै पनि रेशेप विभागका शक्तिशाली खेलाडीहरुको सामना गर्न प्राय: मुस्किल पर्यो | फलत: निर्णायकले बेस्ट अफ फाइब खेलाउने अघावै निर्णय लिएको भएपनि खेलको दुई सेटनै रेशेपका खेलाडीहरुले आफ्नो कब्जामा लिएपछि अन्तत: लाब्दा विभागले हार स्वीकार्न बाध्य बन्यो | मङपुको जनता अनि पुलिसको आयोजनामा सम्पन्न आजसम्मको टुर्नामेन्ट अवधि आयोजक जनता संगै मङपु आउटपोस्ट प्रभारी एसआई एम हुसैनको भूमिका पनि महत्वपूर्ण रहेको थियो | आजको चुडान्त खेल कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथिको रुपमा उपस्थित दार्जीलिंग पुलिस सीआई पुरण राईले मङपुले भुल्दै गइरहेको हातेभकुण्डो टुर्नामेन्टलाई फेरि जीवन्तता दिएर ऐतिहासिक काम गरेको बताए | त्यसमाथि पनि यो खेल यहाँको जनता र पुलिसले संयुक्त रुपमा आयोजन गर्नु अझ महत कार्य भएको छ भन्दै साधारण रुपमा मानिसहरुले पुलिसलाई निम्ताएको भनेको आगलागी अनि अन्य असामाजिक घटनाहरु हुँदा मात्र हो तर आज यस्तो शुभ कार्यमा पुलिस विभागलाई निम्ताएको विभागकै पक्षमा धन्यबादी छौँ तिनले भने | यसले पुलिस र जनसाधारण माझको सम्बन्धलाई अझ प्रगाड बनाउँछ | बर्तमान पहाडको परिवेशले मङपुमा हरेक वर्ष सम्पन्न हुने स्पोर्ट्स, गोल्ड कप आदि खेलकूदको कार्यक्रमहरु सम्पन्न हुन नसके पनि यो टुर्नामेन्टले मङपुको गरिमालाई केही हद उचाईमा लाने काम गरेको सीआई पुरण राईले थप बताए | खेलको अन्तमा विजय दल रेसेपलाई सीआई पुरण राईकै बाहुलीबाट स्वर्गीय भीम कुमार तामांग स्मारक ट्रफी संगै नगद राशी बीस हजार प्रदान गरियो भने पराजय दल लाब्दालाई पनि पराजय ट्रफी छोरा भिमाकर तामांगको बाहुलीबाट प्रदान गरिएको थियो | भूतपूर्व शिक्षक डीएस प्रधानको अध्यक्षता साथै शिक्षक बीबी प्रदानको संचालन रहेको कार्यक्रममा आयोजकको पक्षबाट मङपुको जनताले स्मृति चिन्ह स्वरूप खुकुरी प्रदान गरेको थियो भने कार्यक्रममा रङली थाना ओसी सुजित दास, एसी १० बटालियन एमडी असरफ, इन्स्पेक्टर परिमल शाह, एएसआई अजय सुब्बा, एनएचपीसी एएसपी रावत, बरिष्ट व्यक्तिहरु केएम राई, एनपी राई, बरिष्ट पत्रकार केशर मोक्तान लगायत, मङपुका अन्य बरिष्ट व्यक्ति व्यक्तित्व साथै पुलिस विभाग अनि एनएचपीसीका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ||   

स्वर्गीय भीम कुमार पाख्रीन स्मारक ट्रफीको गत १४ अक्टोबरदेखि मङपुको जनता अनि पुलिस आउटपोस्टको संयुक्त तत्वधानमा यहाँको मङपु खेल मैदानमा सम्पन्न भइरहेको अन्तर विभाग खुल्ला हातेभकुण्डो प्रतियोगिताको चुडान्त खेला आज विविध कार्यक्रम बिच सम्पन्न भयो |

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.