बिमललाई गिरफ्तार गर्न बंगाल सीआइडी टोली दिल्ली लागे

Bimal Gurung in Delhi
देशको उच्चतम न्यायालयले गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङलाई पक्राउ गर्नदेखि अघिल्लो सुनवाईसम्म रोक लगाएको भए पनि पुलिस अनि अन्य सुरक्षा एजेन्सीहरुले अझसम्म पनि गुरुङमाथि गिद्ध नजर राखिरहेको छ | पार्टी अध्यक्ष गुरुङले हालैमा अडियो जारी गर्दै दिल्ली जाने कुरा बताए पछि झनै सुरक्षा एजेन्सीहरु सक्रिय भइरहेको छ | पुलिस सुत्र अनुसार बिमल गुरुङलाई पक्राउ गर्न पश्चिम बङ्गाल राज्य सीआइडीको बिशेष टीम दिल्ली गइसकेको थाहा लागेको छ |
बिमल गुरुङ हवाई मार्ग भएर जाने आशंकाले सिलिगुडीको बागडोग्रा एयरपोर्टमा पनि कडा नजर राखिएको छ भने गुरुङलाई राज्य भित्रै पक्राउ गर्न पुलिसकर्मीहरु विभिन्न सडकहरुमा पनि उत्तिकै नजर राखिरहेको जानकारी छ | स्मरण रहोस, गत मंगलबार मात्र देशको सुप्रिम कोर्टले गोजमुमो सुप्रिमो बिमल गुरुङमाथि गोर्खाल्याण्ड आन्दोलनकालमा  लगाइएको  विभिन्न बिस्फोट, साथै हिंसाहरुको मुद्दा बमोजिम पक्राउ निर्देशलाई दुई हप्तासम्म रोक लगाएको छ | यही मौकामा गुरुङले दिल्लीमा डेरा जमाएर विभिन्न मुद्दामा जेलमा बन्द मोर्चा नेताहरुलाई  जेलमुक्त गराउन याचिका चडाउने कुरा गरिरहेका थिए ||

पार्टी अध्यक्ष गुरुङले हालैमा अडियो जारी गर्दै दिल्ली जाने कुरा बताए पछि झनै सुरक्षा एजेन्सीहरु सक्रिय भइरहेको छ | पुलिस सुत्र अनुसार बिमल गुरुङलाई पक्राउ गर्न पश्चिम बङ्गाल राज्य सीआइडीको बिशेष टीम दिल्ली गइसकेको थाहा लागेको छ |

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.