पिन्टेल भिलेज बैठकमा गोजमुमो र गोरामुमोको मिलिभगतले पहाड स्थायी समाधानमा संकट आयो - गोर्खालीग

akhil bharatiya gorkha league flag
दार्जीलिंग पहाड समस्यालाई लिएर राज्यकी मुख्यमन्त्रीसित पिन्टेल भिलेजमा पहाडका राजनैतिक पार्टीहरुले बसेको दुई पक्षीय बैठकपछि अखिल भारतीय गोर्खालीग पार्टीले चित्त बुझाएन | बैठकबाट फर्केपछि बुधबार एउटा प्रेस मिट बोलाएर गोजमुमो र गोरामुमो पार्टीले दार्जीलिंग पहाडको समस्या समाधान तथा गोर्खाल्याण्ड राज्य गठन गर्न नसक्ने आरोप लगाएका छन् |  पार्टी उपाध्यक्ष लक्ष्मण प्रधानले यसै सम्बन्धमा अलग राज्यको माग गर्दै राज्यकी मुख्यमन्त्रीलाई ज्ञापन चडाएको बताएका छन् भने अर्कोतिर जीटीए बोर्ड अध्यक्ष बिनय तामांगले गोर्खाल्याण्ड राज्य गठन गर्ने विषयमा राज्यले त्रीपक्षीय वार्ता बोलाउने योजनामा चाडै विज्ञप्ति जारी गर्नसक्ने सुचना दिएका छन् | 
सर्वदलीय वैठकमा पहाडको तमाम राजनैतिक दलहरु गोजमुमो, गोरामुमो र अभागोली संगै तृणमूल कांग्रेसका नेताहरुले पनि भाग लिएका थिए | उक्त बैठकमा जब जीटीए बोर्ड अध्यक्ष बिनय तामांगले पहाड बिकासको लम्बा चौडा सुची मुख्यमन्त्रीलाई चडायो तब मन घिसिंगलाई यसमाथि बोल्ने अनुरोध गरिएको हुँदा पनि तिनी बोलेनन् बरु अर्का नेता अजय एडवर्ड उठेर सहमति देखाएको थियो | यहींबाट गोजमुमो र गोरामुमोको मिलिभगत भएको हामीले बुझिसकेका थियौं, लीग नेताले आरोप लगाए | लीग नेता प्रधानले आरोप लगाए अनुसार यी दुई नेताहरुको मिलिभगतको कारण नै दार्जीलिंग पहाडको स्थायी समाधानमा ठूलो संकट आइपरेको छ | अभागोली महासचिव विप्लव राईले भन्यो, गोर्खालिग पार्टीमात्र यस्तो पार्टी हो जसले अलग राज्य गोर्खाल्याण्डको आवाज बुलन्द गरिरहेको छ | तिनले सबै दलहरुलाई अब गोर्खाल्याण्ड राज्य गठन गर्न एकजुट हुने आह्वान पनि गरेका छन् ||

दार्जीलिंग पहाड समस्यालाई लिएर राज्यकी मुख्यमन्त्रीसित पिन्टेल भिलेजमा पहाडका राजनैतिक पार्टीहरुले बसेको दुई पक्षीय बैठकपछि अखिल भारतीय गोर्खालीग पार्टीले चित्त बुझाएन |

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.