धराप बन्दै गइरहेको सरस्वती विधालयको सिंडीले विधार्थी घाइते

Pathetic condition of Saraswati Higher Secondary School
मङपुको सबैभन्दा पुरानो शैक्षिक संस्थान सरस्वती उच्चतर माध्यमिक विधालयको सिडी उप्केर एक विधार्थीलाई सामान्य चोट लागेको छ | प्राय: १९८५ सालतिर बनिएको यस विधालयको पुरानो सिडी चोइटिन्दै झरिरहेकोले विधार्थीहरु माथि खतरा बड्दै गइरहेको छ | सिंडीमा प्रयोग गरिएको जम्मै रडहरु खिएर सिन्का जस्तो भएको साथै त्यस्ताक प्लास्टर गरिएको सिमेन्ट बालुवाको टेम्पर तुरेर आफैआफ झर्न थालेको छ | बिधालय भवन दुई तला भएकोले माथिल्लो तलाका कक्षाहरुमा विधार्थी साथै शिक्षक शिक्षिकाहरु जान परे यसै सिंडीको प्रयोग नगरि नहुने भएकोले स्थिति जोखिम बन्दै गइरहेको छ | यसै सिंडीको मुन्तिर विधार्थीहरुको पिउने पानीको कल भएको हुनाले गत शुक्रबार एउटा विधार्थी पानी पिउन गइरहेको समय अचानक सिंडीको टुक्राहरु झरेर लागेपछि विधार्थीलाई सामान्य चोट लागेको छ भने सिंडीको ठूलो चोइटाले लाग्नदेखि भने त्यस विधार्थी भाग्यले बाँचेको छ | यही सन्दर्भमा बर्तमान विधालय प्रभारी चन्द्रकला राईसित बुझ्न चाहँदा तिनले सिंडीको यस्तो अवस्थाको कारण कुनै पनि समय विधार्थीहरुमा ठूलो दुर्घटना हुनसक्ने आशंकाले शिक्षा विभाग डीआईलाई एकाधिक चोटि मर्मति गरिदिने माग गरेको भएपनि कुनै सहयोग नपाइरहेको बताएकी छन् | विधालय खुल्ला रहेको समय यो सिंडी भएर माथिल्लो तलाका कक्षाहरुमा विधार्थी अनि शिक्षक शिक्षिकाहरु जानपर्ने हुनाले यदि शिक्षा विभागबाट सहयोग पाए विधाको समयमा सिंडी पुरानो भएकोले मर्मति गरेर नहुने अवस्थामा पुगेकोले नयाँ सिंडी निर्माण गर्न सकिने प्रभारी राईले  थप जनाइन | विधालयमा आएको यस्तो समस्यामा कुनै विभागबाट तत्काल सहयोग नआएकोले चिन्तित राईले सिन्कोना रेसेप विभागमा गुहार लगाउँदै सिंडीको मुन्तिर कसरी हुन्छ चोइटिन्दै झरेपनि विधार्थीहरुलाई चोट नपुग्ने उपाय निकालिदिने अपिल गरेकी छन् | स्मरण रहोस मङपुको सबैभन्दा पुरानो यसै विधालयमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा मोडेल स्कूल निर्माणाधीन छ | धेरै अघिनै विधालय निर्माणको शिलान्यास गरिएको भएपनि प्राय: २०१६ को मई – जूनदेखि निर्माण कार्य शुरु भएकोले २०१७ मा पूर्ण निर्माण गरेर विधालयलाई सुम्पिने बचन बधता रहेको भएपनि विगत जून महिनादेखिको गोर्खाल्याण्ड आन्दोलन अनि अनिश्चितकालिन बन्दको कारण निर्माण कार्य आजपर्यान्त ठप्प रहेको छ | यसैले विधालयको पुरानो भवन दिनोदिन जीर्ण बन्दै गइरहेकोले यदि नयाँ मोडेल स्कूलको निर्माण कार्य  चाँडो भए हजारौं विधार्थीहरु दुर्घटना उन्मुख हुनदेखि बाँच्ने स्पष्ट देखिएको छ जसको निम्ति सम्बन्धित विभागले शिक्षा जस्तो महत विषयलाई प्राथमिकता दिंदै निर्माणकार्य द्रुत गतिमा बडाउन पर्ने पनि हाल विधालयको स्थिति हेर्दा बुझ्न सकिन्छ | यता दिनप्रतिदिन चोइटिन्दै झरेर धराप बन्दै गइरहेको सिंडीमाथि पनि सम्बन्धित विभागको नजर नपरे भविष्यमा कुनै दुर्घटना घटे ठाडो दोष शिक्षा विभागमाथि नै पर्न सक्ने स्पष्ट बुझिएको छ ||    

मङपुको सबैभन्दा पुरानो शैक्षिक संस्थान सरस्वती उच्चतर माध्यमिक विधालयको सिडी उप्केर एक विधार्थीलाई सामान्य चोट लागेको छ | प्राय: १९८५ सालतिर बनिएको यस विधालयको पुरानो सिडी चोइटिन्दै झरिरहेकोले विधार्थीहरु माथि खतरा बड्दै गइरहेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.