गत शनिबार मङपु विभाग अन्तर्गत गोपाल धुरामा गोरामुमोको प्रशाखा गठन गरियो | बीबी छेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई प्रेम छिरिङ लेप्चाले संचालन गरेका थिए | सभालाई सम्बोधन गर्दै रेखामणि गुरुङ राईले बिशेष गरेर गोरामुमो अध्यक्ष मन घिसिंगलाई हिल डेभ्लोपमेन्ट कमिटिको अध्यक्ष राखिएको बारे जानकारी दिंदै यस व्यवस्था बारे सबैलाई अव्गात गराए | साथै यदि गोरामुमो मार्फत कुनै पनि बिकासको काम गर्न परे एकदमै पारदर्शी भएर जनताको पैसा जनतालाई भन्ने सिधान्तलाई लिएर काम गरेको हुनेछ अनि पार्टीले बिकास संगसंगै छैटौं अनुसुचिको मुद्दालाई पनि अघि बढाएर लाने कुरो बताए | आज गठित शाखा कमिटिमा सभापति प्रवीण राई, उपसभापति सरद तामांग, सचिव प्रेम छिरिङ लेप्चा, सहसचिव संजय तामांग, कोषाध्यक्ष प्रनेश राई, लेखापरिक्षक गगन राई, संग्रहकर्ता आशिष लेप्चा, सल्लाहकार बीबी छेत्री, राधिका लेप्चा साथै दश जना कार्यकारिणी सदस्य लिएर कमिटि गठन गरियो | अन्तमा बीबी छेत्रीद्वारा हरियो झण्डाले मात्र गोर्खालाई संवैधानिक सुरक्षा दिलाउने कुरा राख्दै नव गठित शाखाका प्रतिनिधिहरुलाई पार्टीको सिधान्तलाई मध्यनजर गर्दै अघि बढ्ने शुभकामना दिए ||
गोपाल धुरामा गोरामुमोको प्रशाखा गठन
26Nov2017
Post a Comment