मङपु सन्त जोसेफ विधालयमा विदाई कार्यक्रम सम्पन्न

St Joseph School mungpoo farewell
मङपु विभाग चुली थुम्का नजिक अवस्थित सन्त जोसेफ विधालयमा दशौँ श्रेणीका विधार्थीहरु जो नयाँ वर्ष २०१८ मा आइसीएसइ परिक्षा बस्नेछन् उनीहरुको निम्ति विदाई कार्यक्रम सम्पन्न भएको छ | विगत २००६ सालमा स्थापित यस विधालयमा अघिल्लो वर्षसम्म केवल आठौँ श्रेणीसम्म मात्र कक्षा थियो भने विधार्थीहरुले अन्य विधालयको साहरा लिएर दशौँ श्रेणीको परिक्षा दिंदै आइरहेका थिए | विधालयले यस वर्षदेखि नवौं र दशौँ श्रेणी पनि संचालनमा ल्याएको हुनाले यस वर्ष विधालयबाट पहिलो चोटि दशौँ श्रेणी अध्ययान गरेर विधार्थीहरुले आइसीएसइको परिक्षा दिने भएको छ | यसैले विधालयको निम्ति आउँदो आइसीएसई परिक्षा पनि उत्तिकै महत्वपूर्ण ठहर्दछ | यही अवसरलाई प्राथमिकता दिंदै विधालयले गत शनिबार ती विधार्थीहरुलाई रमाइलो कार्यक्रमसंगै विदाई दिएको छ | दुई विधार्थी प्रशान्त अनि निम्तिद्वारा संचालित कार्यक्रममा अविक्षाले स्वागत सम्भाषण राखिन भने प्रकृतिले अभिभावकवर्गलाई माल्यार्पण गरिन | कार्यक्रममा विधार्थीहरुबाट सुन्दर गीत, नृत्य, वक्तब्य एवम अन्य विविध कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो | यसै कार्यक्रमलाई सम्बोधन गर्दै श्रेणी शिक्षिका दिक्षा राईले दशौँ श्रेणीको अध्ययान सकेर आइसीएसई दिन तयार विधार्थीहरुलाई शुभकामना संगै उज्ज्वल भविष्यको कामना राखेका थिइन भने विधालयका फादर जयन्तिलाल पटेलद्वारा विधालयबाट पहिलो पल्ट आइसीएसई दिन तयार १२ जना विधार्थीहरुलाई यो पहिलो परिक्षा विधार्थीको मात्र नभएर विधालयको निम्ति पनि महत्वपूर्ण रहने भएकोले उत्कृष्ट अंक सहित उतीर्ण भएर आफ्नो अनि विधालयको नाम रोशन गर्ने विधार्थीहरुमा शुभकामना प्रकट गरेका छन् ||  

मङपु विभाग चुली थुम्का नजिक अवस्थित सन्त जोसेफ विधालयमा दशौँ श्रेणीका विधार्थीहरु जो नयाँ वर्ष २०१८ मा आइसीएसइ परिक्षा बस्नेछन् उनीहरुको निम्ति विदाई कार्यक्रम सम्पन्न भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.