एन्थोनी स्कूलको बार्षिक कार्यक्रम एवम परिक्षाफल वितरण कार्यक्रम सम्पन्न

Anthony School Mungpoo Annual concert cum result day 2017
सन्त एन्थोनी स्कूल मङपुले आफ्नो बार्षिक कार्यक्रम संगै परिक्षा फल वितरण कार्यक्रम सम्पन्न गर्यो | यहाँको मङपु जन मैदानमा सम्पन्न कार्यक्रममा अभिभावक पक्षबाट सुबास राईको अध्यक्षीय उपस्थिति साथै बरिष्ठ पत्रकार केशर मोक्तानको प्रमुख आतिथ्य रहेको थियो भने दुईबाट सर्वप्रथम सरस्वती माताको तस्वीरमा दीप प्रज्वलन गरेर कार्यक्रमको शुभआरम्भ गरिएको थियो | चौथो श्रेणी छात्रा स्वीकृति तामांगले संचालन गरेको कार्यक्रममा विधालय शिक्षिका डाडोमा शेर्पा थापाले स्वागत सम्भाषण राखेकी थिइन | कार्यक्रममा नर्सरी अनि युकेजीसम्मका नानीहरुले रयाम्स साथै प्रथम देखि चौथो श्रेणीसम्मका विधार्थीहरुले सुन्दर कविता, गीत, नृत्यहरु प्रस्तुत गरेका थिए जुन कार्यक्रमलाई अझ रोचक पार्न नानीहरुले विभिन्न भेषभुषामा फेशन सो पनि प्रस्तुत गरे | कार्यक्रम अवधि वार्षिक परिक्षामा अब्बल अंक लिएर विधालय टपर बनेकी स्वीकृति तामांगलाई
 प्रमुख अतिथिको बाहुलीबाट पुरस्कार हस्तान्तरण गरियो भने अन्य उतीर्ण  विधार्थीहरुलाई सभापति साथै अतिथिहरु तेम्बा तामांग, दुर्गा मुखिया आदिको बाहुलीबाट पुरस्कार वितरण गरियो |  प्रिन्सिपलसन्तोष विश्वले विधालयको बार्षिक कार्यक्रमलाई सफलीभूत पार्न जुटेका सम्पूर्ण शिक्षक - शिक्षिका, अभिभावक साथै शुभचिन्तकहरुलाई कृतज्ञता प्रकट गर्दै विधार्थीहरुले यस वर्ष विगतको तुलनामा धेरै नै राम्रो  परिक्षा परिणाम ल्याएको जनाए | यसरी नै कार्यक्रममा विधालयभरि शतप्रतिशत अंक लिएर उतीर्ण हुने एलकेजीका छात्रा प्रतिष्ठा प्रधान साथै अभिभावक विदेन प्रधानलाई विधालय परिवारको पक्षबाट सम्मान जनाइयो | कार्यक्रमको अन्ततिर चौथो श्रेणीका विधार्थीहरुलाई स्मृति चिन्ह संगै आगमी दिनहरुको निम्ति शुभ आशिष विधालय पक्षले दिए जसमा ती विधार्थीहरुले शिक्षक - शिक्षाहरुलाई पनि खदा माला साथै उपहारहरु दिएर सम्मान जनाउदै यस विधालयबाट विदा लिए | कार्यक्रममा शिक्षक सुदिप सुमनले सम्पूर्णलाई धन्यबाद दिए ||

एन्थोनी स्कूल मङपुले आफ्नो बार्षिक कार्यक्रम संगै परिक्षा फल वितरण कार्यक्रम सम्पन्न गर्यो | यहाँको मङपु जन मैदानमा सम्पन्न कार्यक्रममा अभिभावक पक्षबाट सुबास राईको अध्यक्षीय उपस्थिति साथै बरिष्ठ

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.