मङपु साहित्य संस्थानको स्थापना दिवस एवम निषाद पत्रिका लोकार्पण कार्यक्रम सम्पन्न

Mungpoo Sahitya Sansthan foundation day
मङपु साहित्य संस्थानले आफ्नो स्थापना दिवस पालन संगै संस्थानको पत्रिका निषादको  दोश्रो अंक पनि सार्वजनिक गर्यो | यहाँको कस्तुरी एमएसकेमा आयोजित कार्यक्रममा समालोचक अर्जुन प्रधान नागरीको प्रमुख आतिथ्य रहेको थियो भने संस्थान सभापति एके गुरुङको सभाध्यक्षता रहेको थियो | यसै कार्यक्रममा साहित्यकार कृष्ण प्रधानले पत्रिका निषादमाथि सान्दर्भिकसमिक्षा प्रस्तुत गरेका थिए |
 मङपु साहित्य संस्थानको स्थापना दिवसमा भाग लिन टाडा नजिकका थुप्रै लेखक साहित्यकार तथा साहित्यानुरागीहरु उपस्थित रहेका थिए जसमा सिक्किम जोरथाङबाट आदर्श मिलन प्रधान, तारमीत लेप्चा, एलबी बस्नेत, एड्ना घले, दार्जीलिंगबाट केसाङ लामा, लाठपन्चरबाट डिकु मुखिया, सिटोङबाट नितेश राई, सालुगड़ाबाट केटी उत्तम सिलिगुडीबाट उर्मिला घिसिंग, पीटी यल्मो, मोहन ठकुरी, मिरिकबाट राज बहादुर राई, अमर दुङमाली, बिष्णु कुमार बराइली, मुस्कान खेसाङ राई, कमला तामांग, विजय बान्तवा कैलाशी, सुमित्र रुम्दाली, नागरीबाट  शरद सुब्बा, कर्मठबाट मिलन लामा रोगी साथै मङपुका लेखक साहित्यकार साथै संस्थानभित्रका सदस्यहरुको बिशेष उपस्थिति रहेको थियो भने कार्यक्रममा कस्तुरीका प्रधान –अध्यापक देवदास राई , सह-शिक्षक हर्क राई, उमा खवास, मणिराई, अगमसिंह गिरी स्कुलका प्रधानाध्यापक रुपास बम्जन, सह- शिक्षक नर्बु राजु सेर्पा, राँची प्राथमिक पाठशालाका भूपू प्रधान शिक्षिका जयन्ता गिरी, ज्ञानपीठ स्कुलबाट कन्चन राई, रङ्बी बिभागबाट केबी ग्याबा, सुजत मिश्र, रेशेपबाट समलकार्की,अणु सुवेदी, मङ्पुरबाट पीके गुरुङ आदि उपस्थित रहेका थिए । कार्यक्रमलाई सचिव दिप थापा अनि सह-सचिवा सुभद्र बम्जनले संचालन गरेका थिए ||

मङपु साहित्य संस्थानले आफ्नो स्थापना दिवस पालन संगै संस्थानको पत्रिका निषादको दोश्रो अंक पनि सार्वजनिक गर्यो | यहाँको कस्तुरी एमएसकेमा आयोजित कार्यक्रममा समालोचक अर्जुन प्रधान नागरीको

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.