मङपुमा मार्क्सवादी कम्युनिष्ट पार्टी गठन

CPIM flag
मङपु मात्र होइन समस्त दार्जीलिंग पहाड भरिनै एकसमयको शासक दल माक्सवाद कम्युनिस्ट पार्टीको चहलपहल प्राय: शुन्य जस्तो देखिए पनि पार्टीको एकै जनामात्र सदस्य रहुन्जेलसम्म पनि आफ्नो सिधान्तलाई शिरोपर गरेर बस्ने कमरेडहरु आज पनि देख्न पाइन्छ | त्यसै पनि बर्तमान पहाडमा विभिन्न पार्टीहरुको क्रियाकलापले अन्योलमा परेको जनतालाई आफ्नो पक्षमा लिने सबैको गिद्ध नजर छ भने आज भारतीय मार्क्सवादी कम्युनिष्ट पार्टी अन्तर्गत पूर्व राज्यसभा सांसद शमन पाठकको बिशेष उपस्थिति साथै बुद्ध कुमार मोक्तानको अध्यक्षतामा एउटा सभा बसेर मङपुमा फेरि माकपा जगाउने उदेश्य संगै पार्टी गठन गरिएको छ | कमरेड जोहन राईको घरमा बसेको सभामा तिनलाई नै कन्भेनर चयन गर्यो भने उपकन्भेनरमा खगेन्द्र बराइलीलाई चयन गरियो | सभामा पारित विषयहरुमा सम्पूर्ण पार्टी सदस्यहरुबाट पार्टीको निम्ति अर्थ संग्रह १७ दिसम्बरसम्ममा गरिसक्नुपर्ने निर्णय लियो | यही सभामा खरसाङ क्षेत्रीय सम्मेलनमा जाने प्रतिनिधिहरुको पनि सुची तयार गरियो | सभा अवधि सिन्कोना बगानको बर्तमान समस्या अनि परिस्थितिहरुमाथि पनि गहन चर्चा भयो जुन सन्दर्भमा पार्टी सदस्यहरुले सिन्कोना श्रमिकवर्गको न्युनतम रोज ६५० हुनपर्ने पनि सांसद पाठकसित गरेका थिए भने तिनले आफु यसको निम्ति अघिदेखि नै आन्दोलित रहेको जानकारी दिंदै यति मात्र नभएर सिन्कोना अनि चिया बगानको जमीनको पर्जा पट्टा बिषयमा पनि आफुले सकभर प्रायस गरिरहेको बताए भनी खगेन्द्र बराइलीले जानकारी गराएको छ || 

मङपु मात्र होइन समस्त दार्जीलिंग पहाड भरिनै एकसमयको शासक दल माक्सवाद कम्युनिस्ट पार्टीको चहलपहल प्राय: शुन्य जस्तो देखिए पनि पार्टीको एकै जनामात्र सदस्य रहुन्जेलसम्म पनि आफ्नो सिधान्तलाई शिरोपर गरेर बस्ने कमरेडहरु आज पनि देख्न पाइन्छ |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.