राष्ट्रीय गोर्खाल्याण्ड समिति अथवा न्याशनल गोर्खाल्याण्ड कमिटि ( National Gorkhaland Committee ) ले गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति आगमी सभा दार्जीलिंगको गोर्खा दु:ख निवारण संगठन भवनमा गर्ने निर्णय लिएको छ | समितिले सर्व भारतीय स्तरमा भारतीय नेपाली भाषी गोर्खा जातिको उन्मुक्तिको निम्ति दिल्लीको जन्तर मन्तरमा कार्यक्रम गर्दै शितकालिन संसद सत्रमा आफ्नो माग उठाउने योजना रहेको अघावै बताइसकेका छन् | यसको मूल सचिव डा० मुनिष तामांगले समिति पूर्ण रुपले अराजनैतिक रहेको ठहर गर्दै राष्ट्रीय स्तरमा गोर्खा बुद्धिजीवी, राजनीतिज्ञ, अनुभवी शिक्षाविद तथा पुर्व सैनिकहरुलाई साथमा लिएर अघि बढ्ने बताएका छन् | तिनले समितिमा अझ कलाकार अनि प्राध्यापकवर्गको पनि सहभागिता रहने जनाएका छन् | युवा विधार्थी, आम युवावर्ग अनि जनता माझ राष्ट्रीय स्तरमा समन्वय राखेर काम गर्ने तिनको धारणा छ | गोर्खाल्याण्ड गोर्खा जातिको जातीय पहिचान हो, जसको प्राप्तिको निम्ति लामो लडाई लड्नु छ | गोर्खाल्याण्डको निम्ति गणतान्त्रिक अनि संवैधानिक लौरमा आन्दोलन गरेर नै लक्ष्यमा पुग्न सकिन्छ भन्दै सचिव तामांगले सम्पूर्ण राजनैतिक दलहरु, विभिन्न स्वयसेवी संगठनहरु सबैलाई गोर्खाल्याण्ड राष्ट्रीय समितिलाई समर्थन गर्दै गोर्खाल्याण्डको निम्ति अघि आइदिने अपिल गरेका छन् ||
राष्ट्रीय गोर्खाल्याण्ड समितिको आगमी बैठक दार्जीलिंगमा हुने
03Dec2017
Post a Comment