देशमा पोलियो जस्तो भाइरस संक्रमक रोगलाई जरैदेखि उखेल्न सरकारद्वारा चालिएको निशुल्क भेस्सिन कार्यक्रम अन्तर्गत आज मङपु क्षेत्रमा पनि विभिन्न स्थानहरुमा प्राथमिक स्वस्थ्य केन्द्र अनि आइसीडीएसका कार्यकर्ताहरुद्वारा पोलियो खुराक खुवाइयो | आज सम्पन्न भएको खुराक टिकाकरण कार्यक्रममा पाँच वर्षसम्मका नानीहरुलाई पोलियो खुवाउने कार्य भयो | यहाँको नालीडाँडा क्षेत्रका नानीहरुको निम्ति हावा घरमा पोलियो टिकाकरण क्याम्प बिहान ८ बजेदेखि नै शुरु भएको थियो भने अन्य विभागहरुमा पनि हरेक गाउँ बस्तिका नानीहरुलाई पोलियो मुक्त गराउन पोलियो क्याम्पहरु खोलेर नानीहरुलाई पोलियोको खुराक खुवाउने कार्यक्रम भएको छ | सरकार द्वारा चालिएको यस प्रकारको कार्यक्रमले विगत धेरै वर्षहरुदेखि विकलांग नानीहरुको संख्यामा धेरै नै ह्रास आएको सबैलाई विधित छ भने आफ्नो नानीहरुलाई पनि सानैदेखि अपांग अथवा हात खुट्टा प्यारालाइज जस्तो बिमारदेखि मुक्त गराउन पोलियो टिकाकरणको समय खुराक खुवाउन अति आवश्यक छ | आज आयोजन गरिएको पोलियो टिकाकरण कार्यक्रममा छुटेका नानीहरुको निम्ति पनि भोलिदेखि गाउँ गाउँ डुलेर खुराक खुवाउने जानकारी प्राप्त भएको छ ||
मङपु क्षेत्रमा पनि पोलियो टिकाकरण कार्यक्रम सम्पन्न
29Jan2018
Post a Comment