गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति सदस्य मिरेन लामाको नेतृत्वमा आज एनएचपीसी चीफ इन्जीनियर एस के अग्रवाल संग सौहार्दपूर्ण एक भेटवार्ता सम्पन्न भयो । उक्त भेट गर्ने टोलीमा मङ्पु लाब्दा समष्टी गोजमुमो अध्यक्ष एडवार्ड लेप्चा मुल सचिव गगन राई, युवा मोर्चा मुल सचिव विज्ञान मिश्र सभापति रेसेप राम थापा एवं सचिव प्रेमदीप राई पनि सामेल थिए | भेटघाटमा एनएचपीसीको पक्षबाट निर्मला चौक, रेस्ट हाउस गोलाईदेखि सरस्वती हाइ स्कूलसम्म, मङ्पु पुलिस थाना परिसर अनि नालीडाडादेखि कटुवाल गोलाईसम्म सोलार स्ट्रीट लाइट जडान गरिइने बिषयलाई अन्तिम रूप दिइयो जुन कार्य यही सप्ताहदेखि शुरू गरिइने छ | चौरात्तर धुरा आदर्श ग्राम अन्तर्गत निर्माण हुन गइरहेको कम्युनिटी हल पनि यथाशिघ्र शुरू गरिइने तय भएको छ। आगामी २४ मार्च २०१८ (शनिबार) स्थानीय निर्मला चौक रेस्ट हाउस गोलाई स्थित पेन्शनर्स् अफिसमा एक दिने मेडिकल क्याम्प पनि एनएचपीसी, पेन्शनर्स् एशोशिएसन तथा ग्राम सुधार समितिको सौजन्यमा सम्पन्न गरिने पक्का गरिएको छ । उक्त मेडीकल क्याम्पमा एनएचपीसी डक्टर अजय शर्माको नेतृत्वमा अन्य डक्टरहरू लिएर नि:शुल्क स्वस्थ्य जाच एवं नि:शुल्क औषधी बितरण गरिने भएकोले सर्वसाधारणलाई यसको फाइदा उठाउन हुन आग्रह पनि गरिन्छ | आगामी दिनहरूमा प्रत्येक शनिबार अब उसो सोही कार्यालयमा एनएचपीसीको तर्फबाट मेडिकल आउटडोर चलाउने पनि भेट टोलीलाई अनुमति दियो जसको निम्ति चीफ इन्जीनियर अग्रवाल साहबलाई समग्र मङ्पुबासीको पक्षबाट हार्दिक धन्यबाद टक्राएको छ। अबोप्रान्त हाम्रो जनसाधारणले त्यहाँबाट भरमग्दुर फाइदा उठाउन सक्ने छन् । यही मार्च महिनाको कुनै एक दिन मङ्पु स्थित जनमैदानमा एक दिवसीय क्रिकेट फ्रेण्डली म्याच क्रिकेट प्रेमी युवाहरु माझ एनएचपीसीको आयोजनामा सम्पन्न गरेर युवा क्रिकेटप्रेमीहरुलाई अझ उत्साह दिने योजना रहेको पनि जानकारी प्राप्त भएको छ |
मङपुको निम्ति एनएचपीसीबाट विभिन्न कार्यक्रमको उपहार
11Mar2018
Post a Comment