मङपुमा आधुनिक सुविधायुक्त अस्पताल निर्माण गरिने

Mungpoo Hospital
मङपुको एकमात्र सरकारी अस्पताल परिसरमा अब नयाँ अस्पतालको निर्माण हुने जानकारी प्राप्त भएको छ | सरकारी सिन्कोना बगानमा बसोबासो गर्ने २० हजार भन्दा अधिक मानिसहरुले आज पर्यान्त यहाँ भने जस्तो आकस्मिक उपचार पाउन सकिरहेका थिएनन् जसले गर्दा आधा रातमा दार्जीलिंग, कालेबुङ अनि सिलिगुडीमा बिरामीहरुलाई लान पर्ने बाध्यता थियो | तर अब यी समस्याहरुलाई निर्मुल गर्न जीटीए स्वास्थ्य तथा शिक्षा विभागका कार्यकारिणी निर्देशक ज्योतिर्मय तान्ति, कार्यकारिणी अभियन्त कुमार प्रधान तथा  एसएई बिक्की लाबरले आज सरकारी सिन्कोना बगानको एक मात्र अस्पतालको स्थलगत निरीक्षण गरेर गएका छन् | हालमा डाक्टर नभएको अनि जीर्ण अवस्थामा रहेको अस्पतालको निरीक्षण गर्दै अब यस अस्पताल परिसरमा पूर्णरुपले नयाँ अस्पताल भवनको निर्माण हुने जानकारी छ | मङपुको बेहाल अस्पताल अनि डाक्टर बिनाको अस्पताल बारे हिज मात्र मोर्चा केन्द्रीय समिति सदस्य मिरेन लामा, मोर्चा मङपु लाब्दा समष्टि सभापति एडवर्ड लेप्चा, युवा मोर्चा सभापति बिकाश गुरुङ, बिज्ञेन मिश्र आदिले जीटीए बीओए उपाध्यक्ष अनित थापालाई भेट गर्दै समस्या बारे अव्गात गराएका थिए भने उपाध्यक्ष्य थापाकै निर्देशनमा आज जीटीए स्वास्थ्य बिभागका अधिकारीले निरीक्षण गरेको थाहा लागेको छ | मोर्चा केन्द्रीय समिति सदस्य मिरेन लामा तथा मोर्चा मङपु लाब्दा समष्टि सचिव एवम युनियन कार्यकारिणी सभापति गगन राईले एउटा पत्रकार सम्मेलनमा बताए अनुसार मङपुमा रहेको सरकारी अस्पताललाई एउटा धरोहरको रुपमा संरक्षित गर्दै यसकै परिसरमा नयाँ आधुनिक अस्पताल निर्माण गरिने भएको छ साथै यसको निम्ति स्वास्थ्य विभागबाटै स्थायी डाक्टर नियुत्क गरिनको निम्ति पनि अपिल गरिएको छ | अर्थात नयाँ निर्माण हुने अस्पताललाई पूर्ण रुपले स्वास्थ्य विभागलाई सुम्पिने जानकारी छ | यही सन्दर्भमा सिन्कोनाको हरेक विभागमा सिन्कोना बगानमा कार्यरत श्रमिकवर्गको निम्ति निर्मित डिस्पेन्सरीलाई अझ बढोत्तरी साथै व्यवस्थित गरेर लैजाने पनि योजना रहेको जानकारी प्राप्त भएको छ ||

मङपुको एकमात्र सरकारी अस्पताल परिसरमा अब नयाँ अस्पतालको निर्माण हुने जानकारी प्राप्त भएको छ | सरकारी सिन्कोना बगानमा बसोबासो गर्ने २० हजार भन्दा अधिक मानिसहरुले आज पर्यान्त यहाँ भने जस्तो आकस्मिक उपचार पाउन सकिरहेका थिएनन् जसले गर्दा आधा रातमा

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.