गत बिहिबार हिमालयन प्लान्टेशन वकर्स युनियन मङपु युनिट अनि व्यवस्थापक सरकारी सिन्कोना बगानमाझ महत्वपूर्ण भेटवार्ता भयो | भेटवार्तामा युनियनले रन्जुभेल्ली विभागले बगानको कार्य सुचारु रुपमा संचालन गर्न विभागकै भुमिपुत्रलाई ग्याङमेनको नियुक्ति दिनपर्ने बिशेष जोड दिए | मोडल हाउस, कच्चा कटेरो घर साथै मङपु सरकारी अस्पतालमा डाक्टरको आपूर्ति माथि आवश्यक कारवाही गरिनुपर्ने कुराहरुमा बहस गर्यो | यसरी नै बन्द अवधिको मजदुरवर्गको दुई महिनाको रहल वेतन पनि यही महिनामा पाउने निश्चित जानकारी व्यवस्थापकले दिएका थिए भने सो जानकारी अनुसार सबै मजदुरवर्गले बन्द अवधिको दुई महिनाको वेतन पाएको छ | युनियनले रहल ४४ दिनको वेतन पनि चाडैं मजदुरवर्गलाई दिनुपर्ने विषयमा कुरा उठाएको छ | भेटवार्तामा दश दिने र बीस दिने मजदुरवर्गलाई पनि सिन्कोना प्रशासनले झट्ट स्थायीकरण गर्नुपर्ने मुख्य माग गर्यो | भेटवार्तामा बिसेष रुपमा एचपीडब्ल्युयु मङपु युनिट सचिव दिपकार राई, सभापति गणेश ठकुरी, पार्टी सभापति कैलाश पाख्रीन, रितेश मोक्तान, शरण तामांग, अल्बर्ट तामांग, प्रेमकुमार तामांग, गणेश वाइबा, दिमक राई, सरमान भुजेल आदि उपस्थित रहेका थिए ||
Post a Comment
We love to hear from you! What's on your mind?