नव दु:ख निवारण समाज रङबीद्वारा सफाई अभियान

Cleanliness drive at Rungbee Bhainsetar
गत आइतबार रङबी बिचकमान अन्तर्गत पर्ने भैंसेटार नव दु:ख निवारण समाजले स्वच्छ भारत अभियानलाई शिरोपर गर्दै यहाँको रङबी खोलासम्मको सडकमा सफाई अभियान गर्यो | मङपुको रेसेप बजार, आइटीआई, बिचकमान हुँदै तक्दाह जाने सडक विगत केही वर्षदेखि निर्माणाधीन भएपनि हालसम्म उक्त सडक पूर्ण हुनसकेको छैन | तैपनि रङबी खोला छेउसम्मको पक्की सडकको दुवै किनारका झोंडी जंगलहरु फाँडेर, जथाभावी फ्याँकिएका फोहोर मैलाहरु सफा गर्दै जलाएर सफा सडक उक्त समाजले बनाएको छ | रङबी भैंसेटारको वार्ड नम्बर १२ भित्र पर्ने उक्त समाजका सभापति संजीव तामांग अनि सचिव बिमल ठकुरीको बिशेष सक्रियतामा उक्त अभियान सफल भएको छ | सफाई कार्यक्रममा समाजका सम्पूर्ण युवा युवतीदेखि लिएर बुडा पाका जम्मै हातमा झाडु, फरुवा, सिक्क्ल आदि लिएर आफ्नो परिवेशलाई स्वच्छ बनाउन उत्रेका थिए | बिशेष बर्खाको मुखमा सडकका ड्रेनहरु बुच्चिएकोले पनि ठुलो पानी परेको समय भल गाउँ पसेर क्षति गर्न सक्छ यसैले पनि अहिलेको सफाई अभियानलाई बिशेष प्रमुखता दिंदै सफल बनाएको छ भने यस्तो सफाई अभियान हरेक गाउँ घरले गरेर लागे भविष्यमा आफ्नो वातावरण आफै सफा राखेपछि कसैलाई दोश्याउन नपर्ने समाजको बिश्वास छ || 

गत आइतबार रङबी बिचकमान अन्तर्गत पर्ने भैंसेटार नव दु:ख निवारण समाजले स्वच्छ भारत अभियानलाई शिरोपर गर्दै यहाँको रङबी खोलासम्मको सडकमा सफाई अभियान गर्यो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.