वुमेन्स वेलफेयर एण्ड डेभ्लोपमेन्ट सोसाइटीको मानव तस्करी सम्बन्धि कार्यशाला

All India Womens Conference Darjeeling Branch
वुमेन्स वेलफेयर एण्ड डेभ्लोपमेन्ट सोसाइटी मङपुको आयोजनामा सरस्वती उच्चतर माध्यमिक विधालय भवनमा डी मोक्तानको अध्यक्षतामा अति रोचक, सरल र नाटकीय ढंगमा सफलतापुर्वक मानव तस्करी सम्बन्धि कार्यशाला सम्पन्न भयो | कार्यशालामा एक विशिष्ट अग्रदुत बनेर सामाजिक सेवा पुराउदै आएका एनजीओ मार्ग, डाली फाटक, दार्जीलिंगका महासचिव निर्णय जोन छेत्री अनि अर्का समाजसेविका गायत्री राईको बिशेष सहयोगमा मानव तस्करी तथा चेलीबेटी बेच बिखान धन्दा आजको बर्तमान समयमा कति सक्रियतामा अघि बढ्दै गइरहेको छ भन्ने कुरोलाई नाटकीय ढंगमा प्रस्तुत गरि समाधान हेतु कानुनी सहायता लिन सकिने विविध उपाय, सुझाव र सुचनाहरु साझा गरेर मङपुका आउँदो नयाँ पिडीलाई आदर्श समाज निर्माण गर्ने संदेश कार्यशालाले दिएको छ | सोसाइटी नेहारिका सचिवा सिनोरा प्रदान, सहसचिवा प्रमिला मुखिया, सदस्या सम्झना राई, पनिता राई, साथै सरिता सिंगौरे, विष्णुमाया लोहार, सोनी हरिजन, सिता छेत्री, सश्या राई आदिको सहयोग साथै उपस्थितिमा सरस्वती विधालयका सातौंदेखि दशम कक्षाका विधार्थीहरुलाई मानव तस्करी सम्बन्धि जानकारी गराए भने कतिपय कानुनी, गैर कानुनी गतिविधिबाट सचेत र जागरुक बन्ने मार्गदर्शन पनि गराए | यसै क्रममा मानव तस्करी अभियानलाई जोडतोडले अघि बढाएर आजसम्म एकसय जना भन्दा अधिक चेलीबेटीहरु पुने, उत्तराखण्ड, कोलकाता, वारेन आदि रेड लाइट एरियामा फँसेकाहरुको उद्धार गरी नाम कमाई सकेकी सक्रिय समाज सेविका तथा स्वयसेवक सोनाम युडेन भुटिया(जुब्ली उच्च विधालय कालेबुंग) ले सरहानीय कार्य गरे वापत समितिका अध्यक्षा एव सचिवाको तत्परतामा प्रशस्ति पत्र र खादा माला अर्पण गरी सम्मान जनाइयो साथै मार्गका महासचिव निर्णय जोनको यस क्षेत्रमा गम्भीरताका साथ सक्रिय भूमिका लिएर सेवा दिएकोमा तिनलाई पनि समितिद्वारा सम्मान जनाइयो | उक्त मानव तस्कर कार्यशालामा अखिल भारतीय महिला समिति केन्द्रीय समिति कालेबुंगका अध्यक्षा, सहसचिवा अनि कार्यकारिणी सदस्यवर्गले पनि सहभागिता दिएका थिए भने कार्यक्रमलाई समितिकै सचिवा सिनोरा प्रधानद्वारा संचालन गरिएको थियो ||

वुमेन्स वेलफेयर एण्ड डेभ्लोपमेन्ट सोसाइटी मङपुको आयोजनामा सरस्वती उच्चतर माध्यमिक विधालय भवनमा डी मोक्तानको अध्यक्षतामा अति रोचक, सरल र नाटकीय ढंगमा सफलतापुर्वक मानव तस्करी

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.