Cinchona Plantation Workers Union

सिन्कोना समस्यालिएर सिप्लावयुको व्यवस्थापक मुख्यलयसित भेटवार्ता

गोर्खा जनमुक्ति मोर्चा समर्थित सिन्कोना प्लान्टेशन वकर्स युनियन मङपुको जोनल कमिटि टोलीले सिन्कोना निर्देशालयमा व्यवस्थापक मुख्यालय मदन मुखियासित एक भेटवार्ता गर्यो | टोलीले सिन्कोना बगान, मजदुर कर्मचारी हितार्थ विभिन्न माग पेश गर्यो जसमा मुख्य रुपले राज्यको खाद्य प्रशोधन एवम बागवानी विभागबाट वर्षेनी कति सरकारी राशी आवंटण गरिंदैछ,सिन्कोना कुइलैन कारखानालाई आधुनिकरण गरि पुन: संचालन गरिनपर्छ, सरकारी कोष सठीक प्रकारले प्रयोग हुनपर्छ, मजदुरकर्मचारीले नियमित सरकारी नियम बमोजिम मोडल हाउस पाउनपर्छ, सिन्कोना बगानको पुरानो गरिमालाई यथावत फर्काइ ल्याउन जीटीए, सिन्कोना निर्देशालय पक्षबाट यथाशिघ्र पहल गरिन पर्ने चाप दिएको छ | गत जनवरी महिनाको हिल बिजिनेस सम्मीटमा मङपुमा बनस्पति पौधाहरुको मेडिसिनल हब बनाउने उद्योगपतिहरुको सोंचलाई गत केही दिनअघि फेरि कलकतामा मङपुमा मेडिसिनल हब बनाउन चाहने उद्योगपतीहरुको सोंचलाई यथाशिघ्र निर्देशालय पक्षबाट पहल गरिनपर्ने माग पेश गरियो | बीओए अध्यक्ष बिनय तामांग, उपाध्यक्ष अनित थापाको सिन्कोना प्रतिको प्रगतिशील बिचारधारालाई शिरोपर सम्पूर्ण सिन्कोना बगानबासीले गरिनपर्ने एवम सिन्कोना निर्देशालय पक्षलाई पूर्ण युनियनको तर्फबाट सहायता प्रदान गर्नेपनि उक्त टोलीले जनाए | भेटवार्तामा मङपु जोनल कमिटि सभापति किशन बुडाथोकी, सचिव राजेश घिसिंग, गणेश जैसी रेसेप शाखा सचिव, उपसभापति सुजम छेत्री, मङपु विभाग सभापति दयानन्द राई, लाब्दा शाखा सचिव दिपेन योन्जन सीप्रावयु केन्द्रीय समिति अमृत खड्का आदि उपस्थित थिए | सिन्कोना बगानमा मजदुर कर्मचारीको विविध समस्याहरुमाथि बहस गरी व्यवस्थापक मुख्यालयलाई अव्गात गराइयो | विश्व बजारमा यहाँको बनस्पति पौधाहरु लगेर बेच बिखान गरिन साथै मोटो राजस्व संकलन गरी सरकारको हात बलियो बनाउन निर्देशालय, यहाँको विभिन्न राजनैतिक दलले बगानको हितमा सही दिशावोध गरिन पर्ने समय आएको एक विज्ञप्ति मार्फत प्रचार प्रसार सचिव रिनेश शेर्पाले जनाएको छ ||

गोर्खा जनमुक्ति मोर्चा समर्थित सिन्कोना प्लान्टेशन वकर्स युनियन मङपुको जोनल कमिटि टोलीले सिन्कोना निर्देशालयमा व्यवस्थापक मुख्यालय मदन मुखियासित एक भेटवार्ता गर्यो | टोलीले सिन्कोना बगान, मजदुर

Read latest post filed under cinchona, mungpoo news, political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.