वार्तापछि बिमल गुटमाथि शंका गर्दै बिनयले गरे ९ प्रश्न

Binay Tamang ask question to Bimal team
गोजमुमो विमल गुटका प्रतिनिधी टोलिले केन्द्रिय गृहसचिवसँग बसेको वैठकबारे प्रेस इन्फरमेसन ब्यूरो अनि गृह मन्त्रालयको आधिकारिक वेबसाइटमा समाचार प्रकाशित नभएपछि गोजमुमो अध्यक्ष विनय तामाङले शंका गरेका छन्। उनले आज एक प्रेस विज्ञप्ति जारी गरेर उक्त वैठकबारे प्रतिक्रिया व्यक्त गर्दै शंका गरेका हुन्।
यसक्रममा उनले उक्त वैठकमा यथाशीघ्र जीटीएको चुनाउ गराइनुपर्ने कुरा उल्लेख गरिएको भन्दै विमल गोर्खाल्याण्डको कुरा गर्नेहरूले जीटीएको कुरा किन गरेको भनि प्रश्न तेर्साएका छन्।
‘प्रतिनिधि टोलीको वार्तामा मुख्य बहसको विषय नै जीटीएको चुनाउ रहेको थियो। केही महीनाअघि विमल गुरूङले पनि जीटीए, बीओएको मियाद बड़ाएकोमा प्रश्न तेर्साउँदै आपत्ति जनाएका थिए। हाम्रो प्रश्न के रहेको छ भने, उनी आफै एकमात्र मुद्दा गोर्खाल्याण्डको कुरा जनतासामु गरिरहेका छन् भने किन बारम्बार जीटीएको कुरा गरिरहेका छन्?’ विनय तामाङले भनेका अझ भनेका छन् – ‘वास्तवमा यो कुनै नयाँ कुरा होइन, 2013 मा पनि गोर्खाल्याण्ड भनेर नै जीटीएबाट विमल गुरूङले राजीनामा दिएका थिए भने सोही वर्षको दिसम्बर महीनामा फेरि जीटीए चीफ बनेका थिए। यही उनको पहाड़मा राजनीति गर्ने तरीका हो।’
वैठकमा गएका प्रतिनिधी टोलिले भूमिगत नेता विमल गुरूङ, रोशन गिरी तथा अन्य नेतृत्त्वहरूलाई लागेको अनलफूल एक्टिभिटिज (प्रिभेन्सन) एक्ट (यूएपीए) हटाइनुपर्ने माग दोस्रो एजेन्डा रहेको पनि तामाङले दाबी गरेका छन्। यसक्रममा प्रतिनिधी टोलिले वैठका गोर्खाल्याण्डको मुद्दा उठान गरेको दाबीलाई उनले शंका गर्दै उक्त विषयमा प्रेस इन्फरमेसा ब्यूरो अनि गृह मन्त्रालयको आधिकारिक वेबसाइटमा उल्लेख नगरेको बताएका छन्।
‘प्रत्येक महत्वपूर्ण बैठकहरूमा भएको आधिकारिक बयान वा चर्चाहरूलाई प्रेस इन्फर्मेशन ब्यूरोले आफ्नो आधिकारीक वेबसाइटमा प्रकाशित गर्ने गर्दछन्। तर हिजोको वार्ताको बारेमा प्रेस इन्फर्मेशन ब्यूरोले आफ्नो वेबसाइटमा कुनै सूचना नै जारी गरेको छैन। यस सन्दर्भमा जनतालाई केही समयको निम्ति मूर्ख बनाउन सकिन्छ तर सधैँभरिलाई सकिन्न भनेर म प्रतिनिधि टोलीलाई भन्न चाहन्छु’ विनय तामाङले भनेका छन्।
यसक्रममा उनले वैठकमा दार्जीलिङ पहाडमा सांसद आहलुवालीयाको अनुपस्थितिलाई लिएर पनि प्रश्न उठाएका छन्। ‘वार्तामा सांसद एसएस आहलुवालियाको अनुपस्थितिले भाजपा अनि सांसद आहलुवालिया गोर्खा अनि गोर्खाल्याण्डप्रति कति इमान्दार अनि गम्भीर छन् भन्ने पनि बुझाउँछ। इस्लामपुर घटनाका पीड़ित परिवारलाई लिएर राष्ट्रपति अनि भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाह भएकोमा पुग्ने सासंद हिजोको बैठकमा अनुपस्थित रहे। सासंद आहलुवालिया इस्लामपुर घटनाका पीड़ितहरूलाई लिएर देशका राष्ट्रपतिसम्म पुग्न सक्छन् भने हिजोको बैठकमा किन सामेल भएनन्?’ तामाङले प्रश्न गरेका छन्।
‘प्रतिनिधि टोलीले चड़ाएको ज्ञापन एकमात्र मुद्दा गोर्खाल्याण्डमाथि हुनुपर्ने थियो तर गोर्खाल्याण्डको मुद्दालाई धेरैवटा मुद्दाहरूसित घोलेर विलीन गर्ने काम हिजोको बैठकमा प्रतिनिधि टोलीले गरेका छन्’ विनय तामाङले अझ भनेका छन् – ‘कहीँ कतै पनि मुख्य मुद्दा गोर्खाल्याण्डको कुरा उल्लेख गरिएको छैन। विमल गुरूङ अनि उनका सहयोगीहरूले गोर्खाल्याण्डलाई सत्तामा फर्कीआउनुको निम्ति माग्ने भाँडाको रूपमामात्रै प्रयोग गरेका छन् भने गोर्खाल्याण्डको विषयमा उनले जनतासित झूटो कसम खाएर धोका दिने काम गरेको हिजोको बैठकले पनि प्रमाणित गरेको छ।’
तामाङले जारी प्रेस विज्ञप्तिमा गोजमुमो विमल गुटका प्रतिनिधी टोलिले त्रीपक्षिय वार्ताको माग गरेको सन्दर्भमा उक्त माग आफुहरूले गतवर्ष सितम्बर महिनामा नै गरेको दाबी गरेका छन्। त्यसैको परिणाम स्वरूप आगमी नोभेम्बर महिनामा त्रिपक्षीय वार्ताको आश्वासन गृहमन्त्रालयले दिएको पनि उनले दाबी गरेका छन्। यसक्रममा उनले केन्द्रिय गृहमन्त्रालय राजी भएपछि अब त्रिपक्षीय वार्ताको निम्ति गोली पश्चिम बंगाल सरकारको हातमा रहेको भन्दै उनीहरूले गतवर्षदेखि नै त्रिपक्षीय वार्ताको कुरा गर्दै आइरहेको दाबी गरेका छन्।
तामाङले केन्द्रिय गृह सचिवसँग वैठक गर्ने प्रतिनिधी टोलिलाई 9 वटा प्रश्नहरू पनि तेर्साएका छन्। ‘अन्तमा विमल गुरूङ, रोशन गिरी, लोपसाङ लामा, रमेश आले, सरिता राई, उर्मिला रूम्बा, विशाल लामा, आनन्द भण्डारी, विशाल छेत्री, बन्दना योञ्जनहरूलाई हामी निम्नलिखित प्रश्नहरूको उत्तर जनतासामु राखिदिने चुनौती दिन्छौ’ तामाङले प्रश्नहरू राख्दै भनेका छन्।

विनय तामाङले राखेका प्रश्नहरू जस्ताको त्यस्तै यहाँ राखिएको छ –
  1. जीटीए चुनाउ किन? के यो विमल गुरूङ अनि उनका सहयोगीहरूको जीटीएमै फर्किने हतासपूर्ण निर्णय हो?  विमल गुरूङ अनि रोशन गिरी हिजोको वार्तामा किन बसेनन् ?
  2. दार्जीलिङका सांसद जसले गोर्खाल्याण्डको नाममा 2014 मा चुनाउ जिते उनले इस्लामपूर घटनाका पीड़ित परिवारका सदस्यहरूलाई देशका राष्ट्रपति अनि भाजपा राष्ट्रिय अध्यक्ष अमित शाहकोमा पुराउने समय पाउँदा 105 दिनको आन्दोलनमा शहीद हुने शहीद परिवारका सदस्यहरूलाई किन लान सक्दैनन्?
  3. प्रतिनिधि टोलीले वार्तामा किन जीटीए चुनाउ गराइनुपर्ने विषयमा चर्चा गरे?  किन लोपसाङ यल्मो, रमेश आले. सरिता राई, आनन्द भण्डारीहरू यस विषयमा किन छुट्टै कोठे बैठक बसे ?
  4. हिजोको वार्ता आधिकारीक हो या होइन प्रतिनिधि टोलीले यस विषयमा स्पष्ट पार्नुपर्छ, किनभने प्रेस इन्फर्मेशन ब्यूरो अनि गृह मन्त्रालयले यस वार्ताबारे आधिकारीरूपमा केही पुष्टि गरेका छैनन्।
  5. वार्तापछि प्रतिनिधि टोलीपक्षबाटमात्रै प्रेस विज्ञप्ति जारी गरियो तर गृह मन्त्रालयबाट कुनै विज्ञप्ति जारी गरिएन, किन? 
  6. विधायक सरिता राई अनि कालेबुङका अन्य कतिपय नेतृत्त्वहरूले गतवर्ष नै गोजमुमोबाट राजीनामा दिएका हुन् भने उनीहरूले कालेबुङको सिल्भर ओक्समा एउटा प्रेस भेला गरेर उनीहरूले राजीनामा पुष्टिसमेत गरेका हुन्? उनको उक्त राजीनामाको के भयो?हिजो उनी कुन आधारमा प्रतिनिधि टोलीमा सहभागी बने?
  7. लोपसाङ यल्मोलाई अकस्मात् कार्यकारी अध्यक्षको रूपमा मनोनित गर्नुको के कारण छ?के विमल गुरूङको राजनैतिक अन्त भएको हो?
  8. 29 अगस्त 2017 को दिन विमल गुरूङले अनित थापा अनि मलाई फतवा जारी गर्दै नवान्न, कलकत्ताको बैठकमा गोर्खाल्याण्डको मुद्दामात्रै बहस गर्नु भनेका थिए। उक्त वार्तामा हामीले गोर्खाल्याण्डको मुद्दा उठान गरेपछि ममता व्यानर्जीले पनि गोर्खाल्याण्ड एउटा संवैधानिक माग रहेको तर उक्त मुद्दा राज्यको विषय नरहेको कुरा स्पष्टरूपमा बैठक अनि पत्रकार सम्मेलन दुवै ठाउँमा भनेका थिए। तर हिजोको वार्तापछि केन्द्रिय गृह मन्त्रालय अथवा भाजपाले गोर्खाल्याण्डको सन्दर्भमा किन केही मन्तव्य प्रकट गरेनन्?
  9. प्रतिनिधि टोलीले नोभेम्बर महीनामा त्रिपक्षीय वार्ता हुने भनिरहेका छन् तर यीएपीएजस्ता संगीन अपराधको आरोप लागेका विमल गुरूङ, रोशन गिरीलगायत अन्य विमलपन्थी नेतृत्त्वहरूसित त्रिपक्षीय वार्ता बस्न सहमत होलान्? राज्यलाई त्रिपक्षीय वार्ताबारे बुझाउने काम कसले गर्ने?
http://pratibymba.com/

गोजमुमो विमल गुटका प्रतिनिधी टोलिले केन्द्रिय गृहसचिवसँग बसेको वैठकबारे प्रेस इन्फरमेसन ब्यूरो अनि गृह मन्त्रालयको आधिकारिक वेबसाइटमा समाचार प्रकाशित नभएपछि गोजमुमो अध्यक्ष विनय तामाङले शंका गरेका छन्।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.