विधार्थी मोर्चा सचिवले दिए गोजमुमो स्थापना दिवसको शुभकामना

 Anmol Thapa Gorkha Janmukti Vidharthi Morcha Secretery
गोर्खा जनमुक्ति मोर्चाको आज स्थापना दिवस | यसै अवसरमा गोर्खा जनमुक्ति विध्यार्थी मोर्चा केन्द्रीय समिती (बिमल गुट)  सचिव अनमोल थापाले एउटा विज्ञप्ति जारी गर्दै सम्पूर्ण गोर्खा जाति, पार्टी अध्यक्ष बिमल गुरुङ अनि अन्य पार्टी पदाधिकारीवर्गलाई शुभकामना दिएका छन् | तिनले विज्ञप्तिमा भनेका छन् - 
" गोर्खाल्याण्ड राज्य गठनको मांग लिएर ७ अक्टोबर २००७ मा गोर्खा जनमुक्ति मोर्चा पार्टीको स्थापना भए देखि अहिले सम्म धेरै राजनैतिक उतार चडाव आएतापनि गोजमुमोले गोर्खाल्याण्ड मांगलाई लिएर एक सुत् पनि पछि सरेको छैन। गोजमुमोको जन्मदाता  विमल गुरूङ पार्टी स्थापनाकालदेखि हाल सम्म गोर्खाल्याण्डकै निम्ति हर सम्भव लडीनै रहेका छन्।

 विगत 2017 को आन्दोलनमा विमल गुरूङलाई बगांलले षड्यन्त्र गरी झुटो केसमा फसायो, उनको  परिवार समेतलाई अत्याचार गरि घरबाट भाग्न बाध्य बनायो। घर कुडकी समेत गरियो। पार्टीका शिर्षस्थ नेतृत्वहरूको घर जलाईयो। तर पनि  विमल गुरूङले मुद्दा छोडेका छैनन्। फलस्वरूप 05/09/2018 भारतको गृह भिभाग, गृह सचिव सित मोर्चा प्रतिनिधीहरू संग पहाडको समस्यालाई लिएर द्विपक्षीय वार्ता भयो साथै नवम्बर महिनामा त्रिपक्षिय वार्ता तय भएको छ। हामीलाई विश्वास छ अध्यक्ष बिमल गुरूङको नेतृत्वमा पहाड बगांलको दासत्व देखि  मुक्त हुने छ।

गोर्खा जनमुक्ति मोर्चाको 11औं स्थापनाको शु-अवसरमा पार्टी अध्यक्ष जन्मदाता श्रीमान बिमल गुरूङ, सबै पार्टीका पद्अधिकारीगण अनी समस्त भारतभरि छरिएर बसेका जनताहरूमा हार्दिक शुभकामना ब्यक्त गर्दछौं।

गोर्खा जनमुक्ति मोर्चाको आज स्थापना दिवस | यसै अवसरमा गोर्खा जनमुक्ति विध्यार्थी मोर्चा केन्द्रीय समिती (बिमल गुट) सचिव अनमोल थापाले एउटा विज्ञप्ति जारी गर्दै सम्पूर्ण गोर्खा जाति, पार्टी अध्यक्ष बिमल गुरुङ अनि अन्य पार्टी पदाधिकारीवर्गलाई शुभकामना दिएका छन् |

Read latest post filed under political news, video gallery

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.