रोशन गिरीद्वारा सोसियल साइटहरूमा जारी गरिएको बयानमा गोर्खाल्याण्डको मुद्दा किन कत्तै उल्लेख गरिएको छैन भनी गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिनय तामांगले एउटा विज्ञप्ति जारी गर्दै प्रश्न गरेका छन् |
गत ३ सेप्टेम्बरको दिन रोशन गिरीले एउटा प्रेस विज्ञप्ति जारी गर्दै आगमी ५ अक्टोबरमा युनियन होम सेक्रेटरीसित बिमल पन्थी गोर्खा जनमुक्ति मोर्चा टोलीको दुई पक्षीय वार्ता हुने जानकारी गराएका थिए भने आज मोर्चा अध्यक्ष तामांगले त्यसै विज्ञप्तिलाई आधार बनाई कटाक्ष गरेका छन् |
तिनले विज्ञप्तिमा भने -
प्रथम त रोशन गिरीले दावी गरिरहेको उक्त बैठक आधिकारीक स्तर (Official) हो कि राजनैतिक (Political) स्तरको वार्ता हो? यदि वार्ता तय भएको छ भने प्रतिनिधि टोलीलाई आएको आधिकारीक निमन्त्रणा पत्र खोई? कतै रोशन गिरीले भनेको उक्त बैठक गत 21 अगस्तको दिन रोशन गिरीले गृह सचिव अनि अन्य 6 जना अधिकारीहरूलाई जनजातिको मुद्दाको निम्ति बातचीत गर्न भेटवार्ताको निम्ति मागेको अनुमतिको आधारमा तय भएको त होइन?
यसले पूर्णरूपले प्रमाणित हुन्छ कि रोशन गिरीले भनिरहेको वार्ता पूर्णरूपले जीटीए अनि जनजातिको मुद्दालाई लिएर हो।
गत 29 अगस्त 2017 मा जब हामी राज्य सरकारसित बैठकमा बसेका थियौं त्यसबेला विमल गुरूङले तानाशाही फरमान जारी गर्दै उक्त बैठकमा केवल गोर्खाल्याण्डकै विषयमा कुरा गर्ने निर्देश दिएका थिए। हामीले उनको निर्देशलाई पालन गर्दै राज्य सरकारसित उक्त वार्तामा गोर्खाल्याण्डको विषयमा कुराकानी उठान गरेका थियौं।पहिलोचोटि नवान्नमा त्यसबेला गोर्खाहरूको उक्त दीर्घकालीन समस्याहरूको पक्षमा कुरा उठान भएको थियो भने उक्त वार्तामा मुख्यमन्त्री ममता व्यानर्जी स्वयँले गोर्खाल्याण्डको मुद्दा एक सम्वैधानिक माग रहेको स्वीकार गरेकी थिइन् भने उक्त मागसम्बन्धि राज्य सरकारको केही गर्न नसक्ने समेत बताएकी थिइन्।
अब कर्णल रमेश आलेलाई म बैठक भएको खण्डमा एकमात्र मुद्दा गोर्खाल्याण्डको मुद्दामा हुनुपर्छ भनी सोही प्रकारको अपील गर्न चाहन्छु जुन 29 अगस्त 2017 को वार्तामा विमल गुरूङले राखेका थिए। माननीय एचएमओसित गोर्खाल्याण्डको विषय़मा कुराकानी भयो भनेर पहाड़का सोझा जनतालाई झूटो खबर दिएर उनीहरूले चलाकी पनि गर्न सक्छन्।
यसर्थ हामी बारम्बार दोहोराएर भन्न चाहन्छौं कि वार्ता केवल एकसूत्री मुद्दा गोर्खाल्याण्डलाई लिएर हुनुपर्छ।
उक्त द्विपक्षीय वार्ता वास्तवमा लामो समयदेखि थाँतीमा रहेको थियो जो चुनाउको अघाड़ि भाजपाले इलेक्सन स्टन्ट बनाइरहेको छ जो पहाड़वासीले अब बुझिसकेका छन्। जनतालाई केही समयसम्म मूर्ख बनाउन सकिन्छ तर सधैँभरि मूर्ख बनाइरहन सकिन्न। रोशन गिरीहरू अनि भाजपाले अब जनतालाई मूर्ख बनाउन सक्दैन।
अन्तमा रोशन गिरीले भनिरहेको उक्त वार्ता भर्खरै मेरो दिल्ली भ्रमणसम्बन्धि मैले दिएको बयानको प्रतिफल पनि हो। गोजमुमोको 11औं स्थापना दिवस समारोहमा भाग लिन आगामी 6 अक्टोबरको दिन गोजमुमो अध्यक्ष विनय तामाङलगायत गोजमुमो केन्द्रिय समितिका सदस्यहरू दिल्लीको निम्ति प्रस्थान हुनेछन्।

Post a Comment
We love to hear from you! What's on your mind?