खरसाङमा ब्रिटिशकालीन बिल्डिङ जलेर खरानी

British age building gutted in fire kurseong
खरसाङको वार्ड नम्बर 11, मन्टिभियटस्थित गुम्बा नजिक रहेको ब्रिटिशकालीन बिल्डिङ आगलागीमा खरानी भएको छ। स्थानीय प्रत्यक्षदर्शीहरू अनुसार आईतबार राती 10.30 तिर  आगो लागेर घर पूर्णरूपमा नष्ट भएको छ। आगो लागेपछि घरबाट केही पनि निकाल्न नपाएको तथा घरमा भएको सबै चीजहरू जलेर नष्ट भएको छ। राती आगो लागेको समय घरमा  एकजना 72 वर्षीय वृध्दा मात्रै रहेको अनि आगो लागेको याद पाएपछि स्थानीय युवाहरूले उक्त वृध्दालाई हतारसाथ घरबाट निकालिएको तर उनले जिउमा लगाएको लुगाबाहेक केही पनि निकाल्न पाएनन्। घर मालिकनी 72 वर्षीय वृध्दा पदमा खातीले सोमबार बिहान पत्रकारहरूलाई सम्बोधन गर्दै भनिन् – ” म एक्लै सुतिरहेको समय अचानक सबैतिर आगो देखेपछि नानीहरूले मलाई बाहिर निकाले तर हतारमा  मेरो चश्मा र फोनसमेत निकाल्न सँकिन।जीउमा लगाएको लुगाबाहेक केही निकाल्न सकिन, यो घर मेरा ससुराले ब्रिटिशकालीन समयमा नै निर्माण गरेको र घरभित्र पुरानो समयको महंगो काठका सामानहरू लगायत सुनको गर गहना, नगद, कागज पत्रहरू आधार कार्ड, घरको कागज, ब्यांगको कागज, गाडीको कागजहरू सबै जलेर नष्ट भयो।”
बिहान आगलागी भएको स्थानमा पुग्दा अलि अलि धूँवाहरू निक्लिरहेका थिए। आगलागीको घटना विषयमा घरका आफन्त रनवीर खातीले पत्रकारहरूलाई भने अनुसार राती 10.30 तिर आगो लागेपछि विस्तारै आगोको चपेटमा सबै घर नष्ट भयो। उनले बताए अनुसार आगलागीपछि दमकललाई कल गर्दा कल नै रिसिभ नगरेको तथा अन्त्यमा दुईजना बाईकमा गएर बोलाउनु परेको बताउँदै पहिला दमकलको सानो गाडी मात्र आएको र पानी पनि सकिहाल्यो साथै कर्मचारीहरू पनि कम थिए भनी बताए। उनले आगो निभाउन खरसाङ क्षेत्रका सबै जाति र समुदायका युवाहरू आएर सहयोग गरे। यो बिल्डिङ सन् 1950 भन्दा अघि ब्रिटिशकालीन समयमा मै बाजे डीबी खातीले इंग्ल्याण्डमा इञ्जिनियरिङ गरेर यो घर आरसीसी बिल्डिङ बनाएको पनि रनबीर खातीले बताउँदै यो घर खरसाङ क्षेत्रमा हेरिटेजको रूपमा हेरिन्छ भनी बताए। उनले आगलाी घरको माथिल्लोपट्टि रहेको बिजुली बत्तीको पोलबाट सट सर्किट भएर लागेको बताएका छन्। घटनास्थलमा खरसाङ थानाका आईसी, राज्य सभा सांसद शान्ता छेत्री, खरसाङ महकुमा कार्यालयबाट दुईजना प्रतिनिधि लगायत सोमबार दिउँसो जीटीए बीओए उपाध्यक्ष अनित थापाले पनि पुगेका थिए। आगो लागेपछि निभाउन दमकल विभागका कर्मचारीहरू ढिलोगरी पुगेको आरोप छ। स्थानीहरूले फोन गर्दा पनि रिसिभ नगरेको र ढिलो आएपनि सानो गाडीमा कम पानीले गर्दा निभाउन समय लागेको स्थानीयहरूले बताएका छन्। अर्कोतिर खरसाङ अग्नि शमन विभागको स्टेशन इन्चार्ज अजित घोषले आफ्नो तर्फबाट सफाई दिन्दै दमकल ढिलो पुग्ने प्रश्न नै आउँदैन, घटनास्थल दमकल कार्यालयदेखि टाडो भएकोले सबैतिर यस्तो आरोप लाग्ने गर्छ तर हिज रातीको घटनामा आगो लागेको 40- 50 मिनटपछि मात्रै हाम्रोमा सूचना आएको बताए। उनले राती सुतिरहेको समय आगो लागेको याद नभएको र तर पनि सूचना पाउनसाथ दार्जीलिङबाट एक र खरसाङबाट एउटा दमकल गाडी आगो निभाउन गएको बताए। इन्चार्ज अजित घोषले अझ भने अनुसार खरसाङमा तीनजना चालकहरू छन् अनि ड्युटीको समय हप्तामा एकजना चालक रहने गर्छ। उनले अब पानीको समस्या समाधान गर्नलाई हामीले खरसाङ बजारमै पानीको ट्यांकी राख्न हामीले स्थानीय प्रशासनलाई प्रस्ताव दिएका छौं भनी बताए।

http://pratibymba.com

खरसाङको वार्ड नम्बर 11, मन्टिभियटस्थित गुम्बा नजिक रहेको ब्रिटिशकालीन बिल्डिङ आगलागीमा खरानी भएको छ। स्थानीय प्रत्यक्षदर्शीहरू अनुसार आईतबार राती 10.30 तिर आगो लागेर घर पूर्णरूपमा नष्ट भएको छ।

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.