20 प्रतिशत बोनस दिनुपर्छ – रोशन गिरी, बोनस घट्नुको जिम्मेवारी विमल अनि रोशन – विनय तामाङ

Roshan Giri Bimal Gurung Binay Tamang Anit Thapa
 ‘अहिलेसम्म चियाबारीका श्रमिकहरूको दसैं बोनस कहिल्यै घटेको थिएन। हामीले हरेक दसैंमा चियाबारी श्रमिकहरूको बोनस घटाउने होइन तर बढाउने काम गरेका छौं। आन्दोलन के श्रमिक, के विद्यार्थी, के कर्मचारीवर्ग, युवा, सचेत, बुद्धिजीवी सबै सबै जनता एकसाथ मिलेर गरेका थियौं। तर आन्दोलनलाई जिटिए-२ सित साट्ने काम भयो। धेरैले आन्दोलनमा भएको क्षतिपुर्ति पाए तर श्रमिकहरूलाई बङ्गाल सरकार, जिटिए, मालिक र विनय समूहको श्रमिक सङ्गठन सबै मिलेर शोषण गऱ्यो। उनीहरूले क्षतिपूर्ति पाएनन्’ उक्त कुरा भूमिगत अवस्थामा रहेका रोशन गिरीले प्रेस विज्ञप्ती जारी गरेर भनेका हुन्।
गतवर्ष चलेको गोर्खाल्याण्ड आन्दोलनको क्रममा भूमिग बनेका नेता रोश गिरीले यसवर्ष चिया श्रमिकहरूले पूज बोनस घटेर पाएको भन्दै यसको सम्पूर्ण जिम्मेवारी विनय तामाङप्रति लगाएका छन्।
‘चिया मालिकहरूलेसमेत क्षतिपूर्तिको माग गऱ्यो। आउने वित्तीयवर्षमा 100 करोड क्षतिपूर्ति दिलाउने टी बोर्डले काम गरिरहेको मिडियामा आइसकेको छ। मालिकहरूले क्षतिपूर्ति पाउने हो भने कसरी विनय समूहको श्रमिक सङ्गठनले 104 दिनको बन्दमा मालिकहरूले नोक्सानी खेप्न परेको बहानामा सँधै 20 प्रतिशत पाइरहेको बोनसलाई 15 प्रतिशतमा झारेको हो?’ रोशन गिरीले प्रश्न तेर्साएका छन्।
उनले चिया श्रमिकहरूले 20 प्रतिशत बोनस पाउनुपर्ने माग गर्दै कुनै पनि आन्दोलनमा सबैभन्दा ठूलो त्याग ती नै श्रमिकहरूको रहेको छ भनि बताएका छन्। यद्यपी सधैँ ती नै श्रमिकहरूलाई सरकार, मालिक र सरकारका गुलाम रहेकाहरूले शोषण गर्ने गरेको पनि दाबी गरेका छन्।
‘विनय तामाङले 44/45 सम्ष्टीमा गरेको जनसभामा 20 प्रतिशतमा नमान्ने बचन दिएका थिए। उनले मालिकहरू उनलाई भेट्न आउने निश्चित रहेको पनि बताएका थिए। मालिकहरू आए पनि तर के कुरा भयो र श्रमिकहरूको बोनस रातारात 15 प्रतिशतमा झाऱ्यो।?’ गिरीले प्रश्न तेर्साएका छन्। यसक्रममा उनले चिया श्रमिकहरूलाई क्षतिपूर्तिस्वरूप 20 प्रतिशत बोनस दिनुपर्ने माग पनि दोहोर्‍याएका छन्।


 बोनस घट्नुको जिम्मेवारी विमल गुरुङ अनि रोशन गिरी हुन् – विनय तामाङ


‘चिया श्रमिकहरूको बोनसको सन्दर्भमा रोशन गिरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको बोनस दर 20 प्रतिशतबाट घट्नुको पछिल्तिर सबैभन्दा ठूलो जिम्मेवारी विमल गुरूङ अनि रोशन गिरी हुन्’ उक्त कुरा रोशन गिरीको प्रश्नको जवाब दिँदै विनय तामाङले भनेका हुन्। गिरीले आज एक प्रेस बिज्ञप्ती जारी गरेर चिया श्रमिकहरूको पूजा बोनस घट्नुको जिम्मेवार विनय तामाङ हो भनेपछि तामाङको यसको जवाब दिएका छन्।


‘चियाश्रमिकहरूको बोनस 20 प्रतिशतबाट घटाएर 8.33 मात्रै प्रदान गर्ने अड़ानमा मालिकपक्ष अडिग बस्नुको मुख्य कारण हो गतवर्षको दिशाहीन गोर्खाल्याण्ड आन्दोलन अनि 104 दिनको बन्द।  जो विमल गुरूङ अनि रोशन गिरीको नेतृत्त्वमा भएको थियो। 104 दिनको बन्दलाई नै देखाउँदै घाटामा पुगेको चियाकमानका मालिकपक्षहरूले 8.33 मात्रै बोनस प्रदान गर्ने भएका थिए तर हामीले सरकार अनि मालिकपक्षसित श्रमिकहरूको पक्षमा लगातार आन्दोलन गरेर 15 प्रतिशत बोनस दिलाउन सफल बनेका छौं’ विनय तामाङले रोशन गिरीको प्रश्नको जवाब दिँदै भनेका छन्।
मालिकपक्षबाट राखिएको कानूनी प्रावधान अनि मापदण्डहरूसित जुझ्दै यसपालि 8.33 प्रतिशतबाट बड़ाएर 15 प्रतिशत बोनस दर पुराउन आफुहरूले कठोर परिश्रम गरेको पनि तामाङले बताएका छन्। ‘विमल गुरूङ अनि रोशन गिरीहरूले न त कुनै बोनस वार्तामा प्रतिनिधिहरू पठाए न त बोनसको विषय लिएर कहिल्यै आवाज नै उठाए। अहिले आएर रोशन गिरीले यस प्रकारको बयान दिनु लज्जाजनक पनि हो’ विनय तामाङले भनेका छन्।
‘बोनस एक्ट 1965 अनुसार श्रमिक, सब-स्टाफ, स्टाफहरूको बोनस एक वित्तीय वर्षमा आधारित हुने गर्दछ। गतवर्ष चियाश्रमिकहरूले 19.7 प्रतिशत बोनस पाएका थिए जो वित्तीय वर्ष 2016-17 को आधारमा प्रदान गरिएको थियो भने यसवर्षको बोनस 2017-18 वित्तीय वर्षको आधारमा निर्धारित भएको हो। यसैले सोही कानूनी प्रावधानलाई केन्द्र गरेर यस वर्ष भएको 104 दिनको बन्दलाई दोष्याउँदै मालिकपक्षले 8.33 प्रतिशतमात्रै बोनस दिने निश्चित गरेका थिए जसलाई हामीले लगातार वार्ताहरू गरेर 15 प्रतिशतसम्म पुराएका हौं’ जारी विज्ञप्तीमा भनिएको छ।
यसक्रममा उनले विमल गुरूङ अनि रोशन गिरीको आह्वानमा 104 को पहाड़ बन्द अनि दिशाहीन आन्दोलनले चियाकमानहरूलाई कूल 332 करोड़ घाटा भएको मालिकपक्षले विवरण प्रस्तुत गरेको पनि जानकारी गराएका छन्। उक्त बन्दको मारले दैनिक हाजिरा लगायत अन्य कतिपय सहुलियतहरूको कूल 110 करोड़ श्रमिकहरूलाई घाटा भएको पनि विनय तामाङले बताएका छन्। ‘रोशन गिरी अनि विमल गुरूङको यदि लाज, शरम अनि स्वाभिमान बाँचेको छ भने विगतको 104 दिनको बन्दले पहाड़को चियाकमान, पर्यटनलगायत विविधक्षेत्रमा भएको घाटा अनि समस्याहरूको जिम्मेवारी लिनु सक्नुपर्छ’ तामाङले चुनौति दिँदै भनेका छन्।

 http://www.gafsaff.com

‘अहिलेसम्म चियाबारीका श्रमिकहरूको दसैं बोनस कहिल्यै घटेको थिएन। हामीले हरेक दसैंमा चियाबारी श्रमिकहरूको बोनस घटाउने होइन तर बढाउने काम गरेका छौं। आन्दोलन के श्रमिक, के विद्यार्थी, के कर्मचारीवर्ग, युवा, सचेत, बुद्धिजीवी सबै सबै जनता एकसाथ मिलेर गरेका थियौं। तर आन्दोलनलाई जिटिए-२

Read latest post filed under darjeeling tea, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.