टिक्न सकेन शेर एफसी, २ गोल गरेर अमुक्त परिवार क्वाटर फाइनल पुग्यो

Amukta Pariwar Siliguri Vs Share FC Kalimpong
मङपु खेल मैदानमा सम्पन्न भइरहेको गोल्ड कप टुर्नामेन्टमा आज अमुक्त परिवार सिलिगुडीको सामना शेर एफसी कालेबुङसित भयो | खुबै मनोरन्जक आजको म्याचमा दुवै दलका खेलाडीहरुले उच्च स्तरीय प्रदर्शनी दिंदै सबैलाई उत्साहित पारेका थिए | दुवै दलले एकाधिक मौकाहरुलाई गोल पोस्टमा छिराउन नसक्दा म्याच प्राय: बराबरीमा हुँदा हुँदै ४७ मिनटमा अमुक्त परिवारका ३ नम्बर जर्सीधारीले शेर एफसीको गोल रक्षकलाई छक्काउन सफल भएर एक गोल गरेपछि खेल झनै रोमान्चित बन्यो | शेर एफसीका खेलाडीहरुले गोल सुलाउने लाख प्रयास गर्दा गर्दै पुन: ७० मिनटमा अमुक्त परिवारकै पक्षमा जर्सी नम्बर ७ ले दोश्रो गोल गरेपछि शेरएफसीको विरुद्ध जम्मा दुई गोल गरेर अमुक्त परिवार सिलिगुडी विजयी बन्यो | खेल अवधि शेर एफसीका १४ नम्बर जर्सीधारीले पहेंलो कार्डको सामना गर्नु पर्यो भने आजको विजयी दल अमुक्त परिवार आगमी २७ अक्टोबरमा आर्मी ३/९ बागडोग्रासित क्वाटर फाइनल खेल्नेछ | भोलि अर्थात १३ अक्टोबरमा युनाइटेड सिक्किमको ३९ जीटीसी वरानस, उत्तरप्रदेशसित भिडन्त हुनेछ ||  

Nigerian player of Amukta Pariwar Siliguri
Nigerian player of Amukta Pariwar Siliguri

मङपु खेल मैदानमा सम्पन्न भइरहेको गोल्ड कप टुर्नामेन्टमा आज अमुक्त परिवार सिलिगुडीको सामना शेर एफसी कालेबुङसित भयो |

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.