मङपु गोल्ड कपको तेश्रो म्याच आज युनाइटेड ब्रदर्स कालेबुङ बनाम केएफसी सिलिगुडी माझ सम्पन्न भयो | शुरुदेखिनै रोमान्चक खेलमा दुवै दलका खेलाडीहरुले उत्कृष्ट खेल प्रस्तुत गरेका थिए भने खेल शुरु भएको ३५ मिनटमा युनाइटेड ब्रदर्स कालेबुङको पक्षमा जर्सी नम्बर ५ रमीनको आक्रमक गोलले केएफसीलाई तर्साए | सिलिगुडीको प्रतिष्ठित फूटबल क्लब केएफसी माथि ठुलो आशा राख्ने दर्शकहरु केही बेर निराश बनेपनि केएफसीले सकेसम्म गोल सुलाउने कोशिश गरे | दुवै दलको गोल गर्ने घोर प्रतिश्पर्दा बिच ७० मिनटमा पुन: युनाइटेड ब्रदर्स कालेबुङका १५ नम्बर जर्सीधारी पालसाङ भोटियाको दोश्रो गोलले आफ्नो दललाई विजय बनाउन प्राय: पक्का पक्की भइसकेको थियो | यसरी निर्दिष्ट समयभित्र पनि कुनै गोल गर्न नसक्दा केएफसी सिलिगुडी २ गोलको विरुद्ध शुन्य गोलले हार स्वीकार्दै मङपु गोल्ड कपको बाँकी म्याचहरुदेखि बाहिरिनु पर्यो | खेल अवधि युनाइटेड ब्रदर्स कालेबुङका जर्सी नम्बर कन्या राई र पालसाङ भोटियाले पहेंलो कार्ड पनि स्विकार्नु पर्यो | अब अर्को म्याच १२ अक्टोबरको दिन अमुक्त परिवारको भिडन्त सेयर कालेबुङसित हुनेछ ||
Post a Comment
We love to hear from you! What's on your mind?