कालेबुङमा धेरै फुट्यो नरिवल तर फुटेजति पनि विकास भएन – अनित थापा

GTA Vicechairman Anit Thapa in Kalimpong Algara Haat shed opening
‘कालेबुङमा नरीवल चाहीँ धेरै फुट्यो तर, नरिवल जति फुट्यो त्यति कार्य चाहीँ भएन’ उक्त कुरा जीटीए बोर्ड उपाध्यक्ष अनित थापाले भनेका हुन्। उनले अलगडामा मोठ 3 करोड 28 लाखको लागतमा निर्माण हुने हाट सेडको शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ईशारा-ईशारामा विमल गुरुङले विगतका दिनहरूमा शिल्यान्यास कार्यहरूमा फुटाएका नरीवल सम्बन्धि व्यङ्ग्य कस्दै भनेका थिए।
यसक्रममा उनले विगतका दिनहरूको तुलनामा अहिलेघरी धेरै विकास कार्यहरू भइरहेको अनि कतिपय कार्यहरू त समापन भएर जनताले उपभोग समेत गर्न लागेको दाबी गरे।
उनले मङ्गलबार शिल्यान्यास गरेको उक्त हाट सेडको तल्लो तलामा गाडी स्ट्याण्ड हुनेछ भने माथिल्लो तलामा पसलहरू हुनेछ। माथिल्लो तलामा कूल 30 वटा पसलहरू राख्न सकिने गरी बिल्डीङको निर्माण गरिने भएको छ।
अलगडा बजारमा अवस्थित पुरानो हाट सेडलाई हटाएर सोही स्थानमा नै उक्त बिल्डीङ निर्माण गरिने छ। शिलान्यास कार्यक्रमपछि अलगडा सामुदायिक भवनमा एउटा कार्यक्रम पनि सम्पन्न भएको थियो। उक्त कार्यक्रमलाई 37 नम्बर समष्टीका अध्यक्ष बसन्त राईले अध्यक्षता गरेका थिए भने विविध मनोरञ्जनात्मक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अनित थापाले विगतमा जति शिलान्यास गरियो त्यति कार्य नभएको बताए। यसक्रममा उनले ठेकादारहरूलाई गुणस्तरीय कार्य गर्नुपर्ने निर्देश दिँदै राम्रो कार्य देखेर नै जनताहरूको विश्वास जित्न सकिने पनि बताए।
अर्कोतिर क्षेत्रीय पूर्व सभासद कल्पना तामाङले हाट सेड कम स्ट्याण्डले धेरै नै फाइदा पुग्ने बताइन्। निर्माणपछि स्थानीयलाई मात्र नभएर विभिन्न स्थानबाट हाट लगाउन आउने तथा हाट भर्न आउने मानिसहरूलाई पनि धेरै फाइदा पुग्ने पनि तिनले बताएकी छन्।


 अनित थापाले सत्यता स्वीकार्दै भने –‘ भीड देखेर झुक्किनु हुँदैन’


‘हामीले गोर्खाल्याण्डको कहिल्यै विरोध गरेनौँ यो आन्दोलन गर्ने तरिका ठिक भएन भनेका थियौँ। पहिला गोर्खाल्याण्डको जुन प्रजातान्त्रिक आन्दोलन भएको थियो त्यसबेला म आफै जेल बसेको हुँ। हामी प्रजातान्त्रिक प्रकारको आन्दोलनलाई अहिले पनि साथ दिनेछौँ। तर आन्दोलन गर्ने तरिका ठिक हुनपर्छ अनि आन्दोलनलाई डोहोर्‍याउने नेता पनि ठिक हुनपर्छ’ उक्त कुरा जीटीए बोर्ड उपाध्यक्ष अनित थापाले अलगडामा हाट शेडको शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भनेका हुन्।
‘हामीले जुनबेला आन्दोलन गर्ने तरिका ठिक नहुँदा विरोध गरेका थियौँ त्यसबेला स्थिति निकै कठिन थियो। हामी भावानात्मक बनेर लागीपरेका थियौँ। यसकारण हाम्रो निम्ति त्यो भावानात्मक रूपमा अघि बडेकाहरूलाई अर्कोतर्फ घुमाउनु हाम्रो निम्ति फलामको चिउरा चपाउनु जस्तै थियो’ अनित थापाले अझ भने –‘हाम्रो मानिसहरूको अवस्था बिग्रेको कारण कसै न कसैले रिस्क लिनै पर्ने थियो। किन भने यस्तो अवस्थाले हो भने हाम्रो जाति र पहाडलाई खाल्डोमा हाल्नेछौँ अनि त्यसको जिम्मेवारी हामी पनि हुनेछौँ भन्ने लागेको थियो। सोहिकारण हामीले रिस्क उठाएका हौँ।’
उनले आन्दोलनको समय त्यसबेला मानिसहरूलाई बुझाउँदा बुझाउनु सक्ने अवस्था नरहेको भन्दै आफ्नो जातिको भविष्य अँध्यारोतर्फ धकेलिरहेको कारण नै विनय तामाङ र आफुले रिस्क उठाएको उनले खुलस्त पारे। ‘हाम्रो सम्पूर्ण गोर्खाहरूको चाहना नै गोखाल्याण्ड हो। तर कसरी माग्नु पर्ने, कसलाई माग्नु पर्ने भन्ने बुझेर माग्नुपर्छ। माग्ने कुनै नेता निस्के कसरी माग्छौ, तरिका के छ, जनताले दुख पाउँछ कि पाउँदैन भन्ने कुरा पनि सबै सोध्नुपर्छ। आवेशमा आएर हुच्चिनु हुँदैन’ थापाले भने। यसक्रममा उनले एकवर्षको अवधीमा पहाडका सम्पूर्ण व्यवस्थाहरू फेल भएको देखेको भन्दै उक्त बिग्रेको व्यवस्थाहरूलाई ठिक पार्न समेत गाह्रो पर्ने अवस्था रहेको बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उनले जनतालाई आफुहरूसँग जोडिएर राख्नका निम्ति काम गरेर उनीहरूको मन जित्नुपर्ने पनि बताएका छन्। यसक्रममा उनले आफुहरूसँग धेरै चुनौति रहेको बताउँदै आफुहरूसँग आएको भीड समेत कतिपय बाध्यताले आएको स्वीकार गरेका छन्।
‘हामीसित मान्छेको शरीर मात्र आएको छ अब उनीहरूले मन जित्नुपर्नेछ। यो आएको भीडमा कोही डरले आएका छन्, कोही पुलिसबाट बाँच्नका निम्ति आएका छन्। कोही यिनीहरूले केही गर्छकी भनेर पनि आएका छन्। यो भीड सबैले माया गर्छ भन्ने ग्यारेन्टी छैन। हाम्रो नेतृत्वहरू पनि भीड देखेर झुक्किनु हुँदैन। भीडले कुनै पनि बेला साथ छोड्नसक्छ।’ अनित थापाले भने। यसक्रममा उनले जनताको उक्त भीडलाई साथमा राख्नका निम्ति आफुहरूले गर्ने कार्य सबै ठिकहुनपर्ने अनि काम गरेर नै जनताको मन जित्नुपर्ने अन्य नेतृत्ववर्गलाई पनि थापाले सुझाव दिएका छन्।

http://pratibymba.com/

‘कालेबुङमा नरीवल चाहीँ धेरै फुट्यो तर, नरिवल जति फुट्यो त्यति कार्य चाहीँ भएन’ उक्त कुरा जीटीए बोर्ड उपाध्यक्ष अनित थापाले भनेका हुन्। उनले अलगडामा मोठ 3 करोड 28 लाखको लागतमा निर्माण हुने हाट सेडको शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ईशारा-ईशारामा विमल गुरुङले विगतका दिनहरूमा शिल्यान्यास कार्यहरूमा फुटाएका नरीवल सम्बन्धि व्यङ्ग्य कस्दै भनेका थिए।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.