September 20, 202503:45:35 AM
Anmol Thapa GJM Bimal team

सन्दिप छेत्रीलाई गफै हाँक्नु त मजा आउँदो हो - बिमल विद्यार्थी मोर्चाले दिए जवाब

बङ्गालको दासत्व स्वीकार गरेर कोलकाताको इशारामा विरोध लेख्ने, जातिद्रोहको घृणित पात्र बन्न स्वीकार गर्नेहरूको समुहबाट बिनय तामांगको धुपौरे बन्दै एउटा फेसबुक स्टाटस “गुरुङलाई छेत्रीको जवाब” देखा परयो| स्टाटस लेख्ने बिनय तामांग टीमको दार्जीलिङ महकुमा समितिको प्रवक्ता अरे| हिजो अस्तिसम्म बिमल गुरुङको नेतृत्वमा मक्ख पर्नेहरू, बिमल गुरुङलाई मसिहा मान्नेहरू अहिले बिमल गुरुङ कै विरोधमा लेखेको देख्दा गति छोड्नुको पराकाष्ठा मान्नुपर्छ| म सन्दिप छेत्रीको जवाब एक-एकवटा गरेर यसरी दिनुचाहन्छु –
i) स्टाटसको शीर्षक ‘गुरूङलाई छेत्रीको जवाब’ नै बङ्गाल सरकारको गोर्खा जातिलाई जात जातमा तोड्ने षड्यन्त्रको अनुकरण हो| जवाब दिन्छौ भने मान्छेलाई मान्छे भएर देउ, किन जात भएर दिन्छौ? नङ र मासु जस्तो मिलेको सिङ्गो गोर्खा जातिको विभिन्न जात गोष्ठीमा भाँजो ल्याउने यस्तो शीर्षक किन राख्छौ? यसले बिनय तामांग अनि ऊसको धुपौरेहरूको निम्न स्तरको राजनैतिक सोच छर्लंगै भएको छ| तिम्रो मानसिकता जात मै अल्झिएकोले जातिको अस्तित्वको सङ्घर्षलाई तिमीले बुझ्नु नसकेको हो|
ii) विमल गुरूगं खाएको विष लाग्छ भन्ने डरले नै जंगल पसेको हो भनेर लेखेछौ| बिमल गुरुङले खाएको चैं कोनी तर विश्वास गरेको विष चैं तिमीहरू जस्तो आधुनिक मीरजाफरहरू हो| विमल गुरूङ जातिमुक्तिको लागि जंगल पसेको होइन भन्छौ भने के तिमीहरूले जातिद्रोह गरेकोलाई मुक्ति सङ्घर्ष मान्नु? सक्छौं भने ममता सरकारको गोर्खा विरोधी कार्यकलापको खुल्ला विरोध गरेर सडकमा निस्किनु अनि हामीलाई आरोप लगाउनु|
iii) युवाहरूलाई हतियार बोकाउने, बम विस्फोट गराउने, विभिन्न सरकारी भवन अनि वाहनहरूमा आगो झोस्न अह्राउने विमल गुरूङ नै हो भनेर लेखेछौ| हन तिम्रो दिमाग ठेगानमा छ? अर्कालाई बिनासित्तिको आरोप लगाउन अघि त्यसको परिणाम सोच्न जान्दैनौ? यदि बिमल गुरुङले हतियार बोकाउने, बम विस्फोट गराउने, विभिन्न सरकारी भवन अनि वाहनहरूमा आगो झोस्न अह्राउने गरेको कुरा तिमीलाई पहिल्यैबाट थाहा थियो भने तिमीले त्यतिबेला यो कुरा लुकाएर अपराधीलाई दण्डबाट जोगाउने काम गरेको रहेछौ| त्यस अर्थमा तिमी पनि अपराधी हो, होइन र? बङ्गाल पुलिसले के हेर्दैछ? यस्तो अपराधी लुकाएँ भनेर खुले आम घोषणा गर्नेलाई किन पक्राउ गर्दैन? किनभने बिमल गुरुङ अपराधी होइन, सन्दीप छेत्रीले गोर्खा जनमानसलाई मुर्ख बनाउँदैछ भनेर पुलिसलाई थाहा छ|
iv) यदि उनले यी अपराधहरू गरेका होइनन् भने किन आन्दोलनको समयदेखि नै जगंल पसे भनेर पनि छेत्रीले सोधेको रहेछ| मिस्टर सन्दीप, तिमीले बिनय तामांग छोडेर, ममताको कठपुतलीको चोला उतारेर साँचो मनले गोर्खाल्याण्ड भनेको दिन विमल गुरुङ किन जंगल पसे भनेर थाहा पाउनेछौ|
v) विमल गुरूङ पहाड़ आउने कुराको डर हामीलाई पटक्कै छैन भनेर चिच्याउनु नै तिमी बिमल गुरुङसँग डराउनु हो|
vi) गोर्खाल्याण्ड ल्याएको दिन विमल गुरुङलाई तिमीले स्वागत कसरी गर्छौ? तिम्रो कर्तुतले रुष्ट जनतासँग डराएर तिमी कुन दुलोमा लुकेको हुन्छौ होला, अहिले गफै हाँक्नु त मजा आउँदो हो तिमीलाई|
विमल गुरुङले अनि हामीले गर्दै गरेको काम भनेको हाम्रो मात्रै होइन तिम्रो पनि भोलि जन्मिने सन्तानको सुरक्षाको बन्दोबस्त हो| तिमी जस्तोले यो कुरा बुझ्दासम्म सन्तान असुरक्षित भैसक्लान भनेर हामीले जातिको हीतमा सङ्घर्ष गरिरहेको छौं| बेला बेला लेख्दै गर्नु है ल|

अनमोल थापा
सहायक महासचिव,
विद्यार्थी मोर्चा
गोर्खा जनमुक्ति मोर्चा

बङ्गालको दासत्व स्वीकार गरेर कोलकाताको इशारामा विरोध लेख्ने, जातिद्रोहको घृणित पात्र बन्न स्वीकार गर्नेहरूको समुहबाट बिनय तामांगको धुपौरे बन्दै एउटा फेसबुक स्टाटस “गुरुङलाई छेत्रीको जवाब” देखा परयो|

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.