बिजनबारी गाडी दुर्घटनामा 12 घाइते, 3 को अवस्था गम्भीर , एकको मृत्यु

car accident at Bijanbari
बिजनबारी बजारबाट रङ्दु बस्तीतिर गइरहेको एउटा यात्रीवाहक महेन्द्र पिकअप क्याम्पर दुर्घट्नाग्रस्त हुँदा गाडी चालकसमेत मोठ 13 जना घाइते भएका छन् भने 1 जनाको दार्जीलिङ जिल्ला अस्पतालमा निधन भएको जान्नमा आएको छ। दुर्घटनामा मृत्यु हुनेको नाम रेणुका छेत्री (18 वर्ष) रहेको छ। मृतक रङ्दू बस्ती, गोक निवासी रहेको तथा दार्जीलिङ सरकारी महाविद्यालयमा अध्यनरत् रहेकी थिइन्। यसबाहेक अन्य उपचाराधीन घाइँतेहरूमध्ये अझ 3 जनाको अवस्था निक्कै गम्भीर रहेको छ।

रत्यक्षदर्शीहरूले बताएअनुसार, आज दिउँसो बिजनबारीबाट 12 जना यात्री लिएर उक्त गाडी रङ्दु बस्ती गइरहेको थियो। जुन गाडी पुलबजारदेखि केही अघि बढेर राजा राममोहन उच्च विद्यालय नजिक पुगेपछि दुर्घट्नाग्रस्त भएको थियो। यो दुर्घट्ना हुनुको मूल कारण सडकको दुरावस्था हो भन्ने स्थानीय जनताको आरोप छ। यो दुर्घट्ना आज अपरान्ह 2.10 बजीतिर भएको पनि स्थानीय मानिसहरूले बताएका छन्। जसको कारण यो गाडी मूल सडकबाट लगभग 130 फीट तल झरेर छोटा रंगीत खोलामा पसेको थियो, जहाँबाट स्थानीय जनताको सहयोगमा अग्निशमन विभाग साथै पुलिसले घाइतेहरूलाई उद्धार गरे। जसमध्ये धेरैको उपचार बिजनबारी खण्ड स्वास्थ्य केन्द्रमा चलिरहेको छ भने 4 जनाको अवस्था गम्भीर रहेको कारण उनीहरूलाई दार्जीलिङ जिल्ला अस्पताल स्थानान्तर गरिएको पुलिस सूत्रबाट जानकारी पाइएको छ।

दार्जीलिङ जिल्ला अस्पतालमा घाइँतेहरूलाई भेट्न गोजमुमो अध्यक्ष एवं जीटीए चेयरम्यान विनय तामाङ महासचिव एवं जीटीए उपाध्यक्ष अनित थापा अनि दार्जीलिङका विधायक अमरसिहँ राई पनि पुगेका थिए। घाइँतेहरूलाई हर प्रकारको उपचार अनि सहयोग प्रदान गर्ने निर्देश अस्पतालपक्षलाई दिइएको एवं आवश्यकता परेको खण्डमा अन्य सहयोगहरूको निम्ति पनि आफूहरू तत्पर रहेको जनाउँदै आफूहरू विरामीहरूको अवस्थाबारे बुझ्नलाई नै अस्पताल आएको पनि उनीहरूले बताए। यसबाहेक गोजमुमोका शीर्ष नेतृत्व एवं कार्यकर्ताहरू पनि अस्पतालमा घाइँते अनि परिवारका सदस्यहरूको सहयोगको निम्ति अस्पतालमा भेला भएका थिए।

स्मरण गराइन्छ, पुलबजार र गोकमाझ सडकको अवस्था जीर्ण छ। बर्खामा हिलो जमेर गाडी चल्न नसक्ने हुन्छ भने हिँउदोमा धुलो उँडेर गाडी चलाइ नसक्नु हुन्छ। यति मात्रै होइऩ, यस सड़कमा गाडी दुर्घट्ना भए गाडी सोझै छोटा रंगीत खोलामा पुग्ने गर्छ। यसै सडकको दुरावस्थाको कारण नै आज यो गाडी दुर्घट्नाग्रस्त भएको स्थानीय जनताको आरोप छ।

बिजनबारी वाहन दुर्घटनामा विनयद्वारा खेद प्रकट : दुर्घटनाको छानबीन गरिने


बिजनबारी बजारबाट रङ्दु बस्तीतिर गइरहेको एउटा यात्रीवाहक महेन्द्र पिकअप क्याम्परको दुर्घटनामाथि खेद प्रकट गर्दै गोजमुमो अध्यक्ष एवं जीटीए अध्यक्ष विनय तामाङले उक्त दुर्घटनामा ज्यान गुमाउने 18 वर्षीया रेणुका छेत्रीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् भने उपचाराधीन घाइँतेहरूप्रति पनि शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
Binay Tamang Anit Thapa Amar singh Rai reaches Hospital on Bijanbari accident
विनय तामाङलगायत गोजमुमो महासचिव अनित थापा, विधायक अमरसिहँ राईलगायत अन्य शीर्षस्थ गोजमुमो नेतृत्त्वहरू आज दार्जीलिङ जिल्ला अस्पताल पुगेर घाइँतेहरूबारे जानकारी लिएका थिए भने यसको लगत्तै तामाङको तर्फबाट एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनाले आफू आहत बनेको उल्लेख गर्दै दुर्घटनाको छानबीन गरिने पनि जनाएका छन्।

मलगायत जीटीए उपाध्यक्ष एवं गोजमुमो महासचिव अनित थापा, दार्जीलिङका विधायक अमरसिहँ राईलगायत गोर्खा जनमुक्ति मोर्चाका नेतृत्वहरूले दार्जीलिङ जिल्ला अस्पतालमा निरीक्षण भ्रमण गरेर उपचाराधीन अवस्थामा रहेका सबै घाइँतेहरूबारे जानकारी जुटाएका छौं। जीटीए अनि गोजमुमोको तर्फबाट उपचाराधीन घाइँतेहरूलाई हरसम्भव सहयोग प्रदान गरिनेछ। दार्जीलिङ जिल्ला अस्पतालका कर्तृपक्ष, चिकित्सक, नर्स एवं सम्पूर्ण कर्मचारीहरूलाई पनि घाइँतेहरूको उपचारमा विशेष ध्यान प्रदान गरिदिने आह्वान गर्दछु, तामाङले विज्ञप्तिमा यसो भनेका छन्।
 उक्त दुर्घटनाको कारणबारे अहिले नै केही स्पष्ट भन्नु नमिलेतापनि यसको उचित छानबीन गरियोस् भनी प्रशासनलाई पनि अपील गर्न चाहन्छौ। यसबाहेक हामी पनि पार्टीगत अनि जीटीएको तर्फबाट पनि उक्त दुर्घटनामाथि छानबीन गर्नेछौं, विज्ञप्तिमा तामाङले यसो पनि भनेका छन्। यसबाहेक दुर्घटना स्थललगायत बिजनबारी अस्पताल अनि दार्जीलिङ जिल्ला अस्पतालमा घाइँतेहरूको बचाऊ एवं उपचार कार्यमा सहयोग प्रदान गर्ने सम्पूर्ण गोजमुमो कार्यकर्ताहरूप्रति पनि तामाङले विज्ञप्तिमा आभार व्यक्त गरेका छन्।
 उल्लेख्य, बिजनबारी बजारबाट तिहारको सौदा गरेर रङद् फर्किरहेको यात्रीवाहक महेन्द्र पिकअप क्याम्परको पुलबजारदेखि केही माथि राजा राममोहन उच्च विद्यालय नजिक पुगेपछि दुर्घट्नाग्रस्त भएको थियो। दुर्घटनाको समय गाड़ीमा चालकसहित 13 जना सवार थिए जसमध्ये एकजना रेणुका छेत्रीको मृत्यु भएको छ भने अन्य 3 जना गम्भीर घाइँते भएका छन्।

http://pratibymba.com/

   

बिजनबारी बजारबाट रङ्दु बस्तीतिर गइरहेको एउटा यात्रीवाहक महेन्द्र पिकअप क्याम्पर दुर्घट्नाग्रस्त हुँदा गाडी चालकसमेत मोठ 13 जना घाइते भएका छन् भने 1 जनाको दार्जीलिङ जिल्ला अस्पतालमा निधन भएको जान्नमा आएको छ। दुर्घटनामा मृत्यु हुनेको नाम रेणुका छेत्री (18 वर्ष) रहेको छ। मृतक रङ्दू बस्ती, गोक

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.