पुल बिजनबारी गोक समष्टी अन्तर्गत कमजेर
शाखा समिति तृणमूल सभापति इन्द्र बहादुर रसाइली, तृणमूल गोक खण्ड संयोजक
अमिर गजमेर एवं अन्य तृणमूल सदस्यहरू तृणमूल त्यागी गोजमुमोमा सामेल भएका
छन्। आज एक सभा बीच गोजमुमो पूल- बिजनबारी समष्टि सभापति एसएम राईको
बाहुलीबाट गोजमुमो झण्डा ग्रहण गोजमुमोमा सामेल भएका हुन्।
आगामी दिनहरूमा गोजमुमो अध्यक्ष विनय
तामङको नेतृत्व तथा निर्देशनमा क्षेत्रीय प्रतिनिधिहरूसित एक मत भई कार्य
गर्ने प्रतिवद्धता जनाउँदै उक्त तृणमूल समर्थकहरूले गोजमुमोको झण्डा ग्रहण
गरेको समष्टि अध्यक्ष एसएम राईले जनाएका छन्। पूल- बिजनबारी समष्टि नारी
मोर्चा कार्यलयमा सम्पन्न उक्त सभामा समष्टि सचिव दिपक तामङ , युवा मोर्चा
समष्टी सभापति सनित तामाङ, सचिव पासाङ शेर्पा बिजनबारी बजार खण्ड समिति
सचिव मनोज गुप्त लगायत अन्य कार्यकर्ताहरु उपस्थित थिए ।
http://pratibymba.com/
Post a Comment