लाब्दा विभागको माथिल्लो गाउँ पर्ने गोरेटो समाज घर नजिकको झोडा बाँध्ने कामको आज शिलान्यास भयो | वर्खायाममा यो झोडामा अति उग्र रुप लिएर भेल बग्ने हुनाले धेरै घरहरुलाई पनि क्षति पुराएको थियो भने यसैलाई महत्व दिंदै विगत २०११ सालदेखि नै ग्रामबासीले उक्त झोडा बाँधिदिने माग गर्दै आएका थिए जुन माग आज आएर पुरा हुन गइरहेको अनुभव गरेका छन् | शिलान्यास कार्य गाउँका पुजारी कृष्ण बहादुर पाख्रीन (साइँला आसेङ) द्वारा विधिवत पुजा गरेपछि गाउँकै वरिष्ठ समाजसेवी अर्जुन कुमार सिंग्दनको बाहुलीबाट नरिवल फुटाएर गरिएको थियो | यही शिलान्यास कार्यमा गोर्खा जनमुक्ति मोर्चा लाब्दा मङपु लाब्दा समष्टि सभापति एडवर्ड लेप्चा, मूलसचिव गगन राई, युवा मोर्चा केन्द्रीय समिति प्रवक्ता अनित खाती, लाब्दा शाखा सभापति ग्याल्छेन लामा, सचिव दिपेन योन्जन, युवा मोर्चा सभापति विदेन प्रधान, युनियन सभापति सिठु मोक्तान साथै गाउँका बरिष्ठ व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो | मोर्चा लाब्दा शाखाले यस कार्यको निम्ति सम्पूर्ण गाउँकै पक्षमा बीओए चियरमेन विनय तामांग, उपाध्यक्ष अनित थापा प्रति हार्दिक कृतज्ञता प्रकट गरेको जानकारी बिदेन प्रदानले दिएका छन् ||
गोरेटो झोडा बाँध्ने कामको शिलान्यास भयो
24Nov2018
Post a Comment