Industrial Training Institutes

जीटीएले पायो आईटीआई टुङ्गमा नियुक्ति दिने क्षमता

पश्चिम बंगाल सरकारद्वारा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनलाई आइटीआई टुङ्ग, खरसाङमा रहेका रिक्त पदहरूमा नियुक्ति प्रदान गर्ने क्षमता प्रदान गरिएको छ जो आजभन्दा अघिसम्म दार्जीलिङ पहाड़को कुनै पनि व्यवस्थालाई उक्त क्षमता प्रदान गरिएको थिएन भनी दार्जीलिङका विधायक अमरसिहँ राईले बताएका छन्।
राईले बताएअनुसार, गत बिहीबारको दिनमात्र विधानसभाको प्रश्नकालीन सत्रमा विधायक अमरसिहँ राईले आइटीआई टुङ्गको दुरावस्थाहरूबारे प्रकाश पार्दै त्यहाँ रहेका रिक्त पदहरूमा चाड़ै नियुक्ति प्रदान गरिनुपर्ने तथा संस्थानको व्यवस्थापन गरिनुपर्ने तर्क राखेका थिए। विधायक अमरसिहँ राईको उक्त तर्कपछि विधानसभामा मुख्यमन्त्री ममता व्यानर्जी स्वयँले यथाशीघ्र उक्त समस्याको समाधान गरिने आश्वासन प्रदान गरेकी थिइन्। यसको साता दिन पनि नबिती लगत्तै हिजोमात्र पश्चिम बंगाल सरकारले टुङ्गको आईटीआई कलेजमा नियुक्ति प्रदान गर्नको निम्ति जीटीएलाई विशेष अधिकार प्रदान गर्दै अध्यादेश जारी गरेको छ। राज्य सरकारद्वारा जारी गरिएको उक्त अध्यादेशमा स्पष्टरूपमा जीटीएलाई आइटीआई टुङ्गको नियुक्ति प्रक्रिया आफ्नो हिसाबले गर्न सक्नेछ भन्ने लेखिएको छ।
आईटीआई टुङ्गको दुरावस्थालाई समाधान गर्ने दिशामा यति शीघ्र राज्य सरकारले स्वागतयोग्य पदक्षेप उठाइदिएकोमा समग्र दार्जीलिङ पहाड़वासीको पक्षमा विधायक राईले मुख्यमन्त्री ममता व्यानर्जी एवं राज्य सरकारलाई आभार व्यक्त पनि गरेका छन् भने दार्जीलिङ पहाड़को विकास, व्यवस्थापनको दिशामा राज्य सरकार एवं मुख्यमन्त्रीको तर्फबाट शिक्षा, पर्यटन, रोजगारलगायत सबै क्षेत्रहरूमा यस्तै सकरात्मक सहयोग भविश्यमा पनि प्राप्त हुनेछ भन्ने पनि आफूहरू विश्वस्त रहेको बताएका छन्।
विधायक राईले जनाएअनुसार, आइटीआई टुङ्गमा कूल 6 वटा शिक्षक पदहरू रहेका छन् जसमा अहिलेसम्म चारजना पार्ट टाइम शिक्षकहरूमात्रै रहेका छन्। यसैकारणले गर्दा उक्त संस्थानको अध्यापन कार्यमा धेरै समस्याहरू रहिआएको छ। यसबाहेक अन्य वर्गका कर्मचारीहरूको पनि नियुक्ति गरिनु अत्यन्त आवश्यक रहिआएको छ।
जीटीएले यथाशीघ्र अब सरकारी औपचारिकताहरू पूरा गरी मापदण्डअनुसार नियुक्ति प्रक्रिया शुरू गरेर आइटीआई टुङ्गको पुरानो गरिमालाई फेरि फर्काइ ल्याउने कार्य गर्नेछ, राईले भनेका छन्।

http://pratibymba.com/

पश्चिम बंगाल सरकारद्वारा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनलाई आइटीआई टुङ्ग, खरसाङमा रहेका रिक्त पदहरूमा नियुक्ति प्रदान गर्ने क्षमता प्रदान गरिएको छ जो आजभन्दा अघिसम्म दार्जीलिङ पहाड़को कुनै पनि व्यवस्थालाई उक्त क्षमता प्रदान गरिएको थिएन भनी दार्जीलिङका विधायक अमरसिहँ राईले बताएका छन्।

Read latest post filed under regional news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.