Ganu Giri in Kings Gym opening in Mungpoo Main Road

व्यायाम वीर गनु गिरीको बहुलीबाट भयो किंग्स जीमको उद्घाटन

मङपु मेन रोड स्थित किंग्स जिमको उद्घाटन गोर्खा जातिको गौरवशाली व्यायाम वीर, अन्तराष्ट्रीय स्तरका बडी बिल्डर, निर्णायक स्वनाम धन्य गनु गिरीको बहुलीबाट भयो | मङपुमा शाररिक सुगठनलाई महत्व दिंदै स्थापना गरिएको यस किंग्स जीमको स्थापनाले मङपूबासी युवाहरु मात्र होइन मुटु, किड्नी, कोलेस्ट्रल, मधुमेहका रोगीहरुलाई समेत लाभ हुने किंग्स जीमका संस्थापक दिलिप गुरुङले जनाएको छ | यसै अवसरमा उपस्थित संजय छेत्री सभापति खरसाङ महकुमा बडी बिल्डिङ एण्ड फिट्नेस एसोसिएशनले किंग्स जीमको स्थापनापछि मङपुबाट पनि भविष्यमा मिस्टर खरसाङ अनि अन्य प्रतिभाहरु जन्माउने आशा व्यक्त गरे | मुख्य अतिथि गनु गिरीले यस जीमको स्थापना हुनु यस भेकका मानिसहरुका निम्ति ठुलो उपलब्धि बताउँदै शाररिक सुगठन गर्ने उदेश्य लिएर स्थापना गरिएको किंग्स जीमका प्रशिक्षकहरुलाई शुभकामना दिंदै समय समयमा तिनले यस जीममा निरीक्षण गर्ने तथा खरसाङ सब डिभिजनल बडी बिल्डिंग एण्ड फिट्नेस एसोसिएशनसित पंजीकृत गराउने चाँजो पनि मिलाएको तिनले बताए | उद्घाटन कार्यक्रममा क्रमैले गनु गिरी, संजय छेत्री लगायत प्रकाश चौरासिया राष्ट्रीय निर्णायक, माधव राव राज्य निर्णायक, शमशेर अलि राज्य निर्णायक, दिपेन मुखिया, धिरेन वीग आदि शाररिक सुगठन सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियो |
कार्यक्रममा गनु गिरीले मङपु युथ क्लबका सचिव र सभापतिलाई मङपुमा फूटबल स्वर्ण कप आयोजन गरेकोमा बधाई स्वरूप दिब्या बोम्जन अनि योगेश राईलाई खादार्पण गरे | चन्द्रकला राईले स्वागत भाषण राखेको कार्यक्रममा अध्यक्षको पदभार ग्रहण गरेका केबी गिरीले शाररिक विकाशको साथै मानसिक विकाशको पनि समान्तार विकाश हुनपर्ने अनिवार्यतामाथि आफ्नो मन्तव्य राखे | सरोज थापाले संचालन गरेको कार्यक्रममा दिलीप गुरुङले उपस्थित सम्पूर्णलाई मङपुबासीको पक्षबाट पहाडका गौरव गनु गिरी तथा शाररिक सुगठनको क्षेत्रमा स्वनाम अन्य आमन्त्रित व्यक्तित्व अनि मङपुका सबै उपस्थितिलाई कृतज्ञता प्रकट गरे ||

मङपु मेन रोड स्थित किंग्स जिमको उद्घाटन गोर्खा जातिको गौरवशाली व्यायाम वीर, अन्तराष्ट्रीय स्तरका बडी बिल्डर, निर्णायक स्वनाम धन्य गनु गिरीको बहुलीबाट भयो | मङपुमा शाररिक सुगठनलाई महत्व दिंदै

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.