आरएसएस प्रमुखलाई गोर्खाल्याण्डको पहल गरिदिने कृषक कल्याण संगठनको ज्ञापन

Krishak Kalyan Sangathan Kalimpong Bishnu Chhetri met RSS for Gorkhaland
कालेबुङ कृषक कल्याण सङ्गठनले आर.एस.एस प्रमुखुअ मोहन भागवतलाई भेट गरेर छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति पहल गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र सुम्पिएको छ। केन्द्र सरकारसँग मोहन भागवतको गतिलो पहुँच भएकै कारण उनलाई सङ्गठनले भेट गरेर छुट्टै राज्य गोर्खाल्याण्डको माग सम्बन्धि ज्ञापन बुझाएको पनि विष्णु छेत्रीले एक पत्रकार सम्मेलनको आयोजना गरेर उक्त जानकारी दिएका छन्। सिद्दीगिरी फाउण्डेसनद्वारा आयोजित गौ-आधारिक जैविक खेति सम्बन्ध सम्पन्न भएको कार्यक्रममा आर.एस.एस प्रमुख मोहन भागवत मुख्य अतिथिका रूपमा उपस्थित रहेको अवसरमा कालेबुङ कृषक कल्याण सङ्गठनको पक्षबाट ज्ञापन चडाउने कार्य गरिएको बताएका छन्।
उनले ज्ञापन पत्रमा छुट्टै राज्य गोर्खाल्याण्डको माग सँगै सन् 1950 को भारत नेपाल मैत्री सन्धि संशोधनको निम्ति पहल गरिदिने अपिल गर्ने ज्ञापन सुम्पिएको छेत्रीले जनकारी दिएका छन्। उनले केन्द्र सरकारको पछी आरएसएस प्रमुख मोहन भागवतको महत्वपूर्ण भूमिका रहेको भन्दै सोहि ज्ञापन पत्रमा 11 जात गोष्टिलाई जनजातिको मान्यता दिलाउनका निम्ति पनि उचित पदक्षेप ग्रहण गरिदिने अपिल गरेको विष्णु छेत्रीले बताएका छन्।

आरएसएस प्रमुख मोहन भागवतलाई कृषक कल्याण सङ्गठनले भेट गरेर ज्ञापन पत्र बुझाएको छ। हामीले ज्ञापन पत्रमा छुट्टै राज्य गोर्खाल्याण्ड अनि सन् 1950 को भारत नेपाल मैत्री सन्धिले भारतीय गोर्खाहरूलाई पारेको नकारात्म प्रभावबारे अवगत गराएका छौँ। यसका साथै केन्द्र सरकारमा उनको राम्रो पहुँच भएको कारण गोर्खाल्याण्डको मागलाई अघि बडाइदिने अपिल गरेका छौँ’ विष्णु छेत्रीले भने। यसैक्रममा उनले जनजातिको मान्यता सन्दर्भमा पनि चर्चा गरेको जानकारी गराउँदै आगमी दिसम्बर महिनामा हुने संसदको शितकालिन शत्रमा उक्त जनजातिको मुद्दा पारित हुने सम्भावना रहेको पनि बताएका छन्।
कालेबुङ कृषक कल्याण सङ्गठनले कृषकहरूको पक्षमा मात्र कार्य नगरेर आफ्नो जातिको हितमा पनि कार्य गर्दै आइरहेको छ। हामीले कृषीसँगै आफ्नो जातिय इतका निम्ति पोलिटिकल लबी निर्मणको कार्य पनि गरिरहेका छौँ। यसै सिलसिमामा संघ प्रमुख भागवतले हामीलाई केन्द्र सरकार समक्ष मुद्दाको उठान गरिदिने सकारात्मक आश्वासन दिएका छन्’ विष्णु छेत्रीले भने।

http://pratibymba.com

कालेबुङ कृषक कल्याण सङ्गठनले आर.एस.एस प्रमुखुअ मोहन भागवतलाई भेट गरेर छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति पहल गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र सुम्पिएको छ। केन्द्र सरकारसँग मोहन भागवतको गतिलो

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.