विनयलाई चुनाव लड्ने चुनौती दिंदै पहाड अझै बिमलको पक्षमा रहेको अह्लुवालियाले गरे दाबी

Darjeeling MP SS Ahluwalia with GJM chief Bimal Gurung
MP SS Ahluwalia with Bimal Gurung
दार्जीलिंग लोकसभा क्षेत्र सांसद तथा केन्द्रीय मन्त्री एसएस अह्लुवालियाले  गोर्खा जनमुक्ति मोर्चा विनय तामांगलाई दार्जीलिंग लोक सभा क्षेत्रबाट चुनाव लडेर देखाउने चुनौती दिएका छन्  | मन्त्री अह्लुवालियाले  पहाडको जनता आजसम्म पनि गोजमुमो अध्यक्ष बिमल गुरुङकै पक्षमा रहेको पुन: दाबी गरेका छन् |
सांसद अह्लुवालियाले सिलिगुडीमा भाजपाद्वारा प्रायोजित गणतन्त्र बचाऊ रथयात्राको तयारीमा बर्द्वान रोड स्थित शिल्पांचल भवनमा आयोजित एउटा सभा अवधि पत्रकारहरुलाई सम्बोधन गर्दै यसो भनेका हुन् |

हालमा विनय तामांगद्वारा आफू माथि लगाएको आरोप आलोचना र दार्जीलिंग क्षेत्रबाट भूमिपुत्र उम्मेदवार उठाउने विषय माथि बोल्दै मन्त्रीले भने यदि विनयले आफूलाई दार्जीलिंगको भूमिपुत्र मान्छ भने तिनले चुनाव लड्न कहाँ जानपर्छ? भूमिपुत्रको अर्थ के हो? जो यो देशमा जन्मियो उ नै यो देशको भूमिपुत्र हो | 

मन्त्री अह्लुवालियाले अझ भने - मलाई विनय तामांगको समर्थनको आवश्यकता छैन, जो ममता ब्यनार्जीको साथमा छ हामीलाई उसको समर्थन चाहिंदैन | विनयको कति समर्थक छ, कति समर्थन पाउँछ त्यो त समयले देखाउनेवाला छ |
 
दार्जीलिंग सांसद अह्लुवालियालाई पहाडको भ्रमण कहिले गर्ने भनी सोधिएको प्रश्नमा सठीक समय आएपछि पहाडको यात्रा गर्ने बताउँदै हालमा पनि पहाडबासी मलाई भेट्न आइरहेका छन्, तिनीहरुको मुद्दामा मेरो ध्यान स्थिर नै छ भनी बताए | 

दार्जीलिंग लोकसभा क्षेत्र सांसद तथा केन्द्रीय मन्त्री एसएस अह्लुवालियाले गोर्खा जनमुक्ति मोर्चा विनय तामांगलाई दार्जीलिंग लोक सभा क्षेत्रबाट चुनाव लडेर देखाउने चुनौती दिएका छन् | मन्त्री अह्लुवालियाले पहाडको जनता आजसम्म पनि गोजमुमो अध्यक्ष बिमल गुरुङकै पक्षमा रहेको पुन: दाबी गरेका छन् |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.