बिमलपन्थी नेताको घर कुड्की

Prakash Gurung house raided by Police
गोजमुमो भुमिगत नेता बिमल गुरुङको करिबी तथा रिम्बिक लोधोमा समष्टिका भुतपुर्व सभासद तथा गोजमुमो बिमल खेमाका युवामोर्चा अध्यक्ष प्रकाश गुरुङको घर आज दार्जिलिङ सदर तथा लोधोमा थानाको अगुवाइमा पुलिसले कुड्की गरेको छ। लगभग १ बजेतिर आएको पुलिसले लोधोमा दुई हट्टामा रहेको उनको पैत्रिक घरमा कुड्की गर्न शुरुआत गरेको हो भने कुड्कीमा उनको घरमा रहेको प्रायः जस्तो सबै सामानहरु जस्तै फर्निचर सोफा किचनका सरसमान लगायत अन्य बस्तुहरु रहेका छन्।

गत बर्षको आन्दोलनदेखि भुमिगत रहेका प्रकास गुरुङको पैत्रिक घरमा उनकी भाउजु रोशनी गुरुङ बस्दै आएकी थिइन् भने पुलिस आएको समयमा उनी घरमा नै रहेको थाहा लागेको छ।

घरको बन्डा भइसकेको थियो यो घर प्रकाशको पैत्रिक घर भए पनि उसको नाममा थिएन पुलिसले अन्धाधुन्ध यस्तो काम गर्दै हामीलाई सडकमा पुग्न बाध्य बनाएको छ तथा हामीले वर्षौको  सम्पत्ति गुमाएका छौ जो नहुनुपर्ने हो त्यो भयो हाम्रो सुनिदिने कोही भएन भनी गुरुङकी भाउजू रोशनीले बताइन्।
जफ्त गरिएको सबै सर समान लोधोमा थानामा लगिएको छ भने थाना सूत्रले दिएको जानकारी अनुसार पुलिसले धेरै पटक गुरूङलाई समर्पण गर्ने नोटिस दिईसकेको भएता उनले कोर्टमा समर्पण नगरेको कारणले नै उनको घर कुडकी गरिएको हो।

http://pratibymba.com 

गोजमुमो भुमिगत नेता बिमल गुरुङको करिबी तथा रिम्बिक लोधोमा समष्टिका भुतपुर्व सभासद तथा गोजमुमो बिमल खेमाका युवामोर्चा अध्यक्ष प्रकाश गुरुङको घर आज दार्जिलिङ सदर तथा लोधोमा थानाको

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.