मङपुमा दुई दिने गुरुङ अधिवेशनको पहिलो दिन सम्पन्न

5th Adhiveshan All India Gurung Tamu Buddhist Association at Mungpoo
अखिल भारतीय गुरुङ (तमु) बौद्ध संगठनको दुई दिने पाँचौं राष्ट्रीय महाअधिवेशनको पहिलो दिन आज गुरुङ बौद्ध धर्मगुरुहरुबाट अभिषेक मंगलाचरण गरि शुभ आरम्भ गरियो | पश्चिम बङ्गाल गुरुङ विकास तथा सांस्कृतिक बोर्डका चेयरमेन खगेन्द्र गुरुङको प्रमुख आतिथ्य, उप सभापति पामु गुरुङ साथै संगठनका राज्य समिति अध्यक्ष आनन्द गुरुङ उपस्थित रहेको कार्यक्रममा दार्जीलिंग, कालेबुङ, खरसाङ, मिरिक, सिलिगुडी, डुवर्स लगायत आसाम, सिक्किम, अरुणाचल प्रदेश, नागाल्याण्ड, नेपाल आदिबाट गुरुङहरुको विराट जनभेला रहेको थियो | प्रमुख अतिथिको दीप प्रज्वलनपछि भारतको राष्ट्रीय गानद्वारा शुरु गरिएको कार्यक्रमको एकातिर गुरुङ जातिको भाषा संस्कार, सांस्कृतिक नृत्यहरु प्रस्तुत भइरहेको थियो भने मंचको अर्कोतिर रोधीको व्यवस्था गरिएको थियो | यसरी नै कार्यक्रममा विभिन्न स्टलहरुमा गुरुङ जातिको परम्परागत भेषभुषा, खान पान, औजार अनि वर्तनहरु प्रदर्शनको निम्ति राखिएको थियो | कार्यक्रममा गुरुङ जातिका बिशेष व्यक्तिहरुलाई सम्मान जनाउने काम पनि भयो जसमा नालीडाँडा मङपुका वयोवृद्ध हर्क बहादुर गुरुङ जो एक सय एघार वर्ष पुगिसकेका छन् साथै विकास बोर्ड अनि गुरुङ जातीय संगठनको सबै गुरुङ तमु परिवारबाट क्रमैले छाम्पा मेगी लामा, कलावती गुरुङ, रेजिना गुरुङ, ललित गुरुङ, हर्क बहादुर गुरुङ (आसाम), किशोर गुरुङ ((अरुणाचल प्रदेश), टंक बहादुर गुरुङ(मणिपुर्), सुबास गुरुङ (नागाल्याण्ड) प्रदीप गुरुङ (सिक्किम), गुरुङ भाषा (तमु क्वीइ) मा उद्घोषण गर्ने चन्द्र बहादुर गुरुङ, बीबी गुरुङ (८७ वर्ष), मङपु शाखाका संस्थापक सदस्य टीबी गुरुङ, नेपाल राष्ट्रीय परिषदका रेशम  छोहँदी ह्युल अनि उमा छोहँदी ह्युल साथै गुरुङभाषी गीत गाएर राष्ट्रीय, अन्तराष्ट्रीय सतरमा परिचित आरके गुरुङ, पुनम गुरुङ, गुरुङ भाषाविद बेन्जी गुरुङ खरसाङ घायाबारी अनि शमशेर गुरुङ घलेटार, हेड मास्टर एनबी गुरुङ, दार्जीलिंग नगरपालिका पार्षदिका रेनुका गुरुङ, मेजर श्याम गुरुङ, सुमन गुरुङ आदि लगायत मङपु आयोजक समिति साथै अन्यलाई आफ्नो उपलब्धि अनुसार सम्मान जनाएका थिए | कार्यक्रममा अखिल भारतीय गुरुङ तमु बौद्ध संगठन दार्जीलिंग महकुमा समिति अध्यक्ष अशोक गुरुङले अधिवेशनको औचित्य सबैमा प्रकाश पार्दै सबैलाई एकताको शुत्रमा बाँधिने आह्वान गरेका थिए | यसरी नै छाम्पा मेगी लामाबाट गुरुङ बौद्ध तथा बौद्ध दर्शनबारे सबैलाई जानकारी गराए | चन्द्रकला गुरुङद्वारा संचालित पहिलो दिनको अधिवेशनमा आशिष गुरुङले उपस्थित सबैलाई स्वागत जनाएका थिए भने भोलि अर्थात २३ दिसम्बरको दिन अन्तिम समापन अधिवेशन कार्यक्रम हुनेछ ||

अखिल भारतीय गुरुङ (तमु) बौद्ध संगठनको दुई दिने पाँचौं राष्ट्रीय महाअधिवेशनको पहिलो दिन आज गुरुङ बौद्ध धर्मगुरुहरुबाट अभिषेक मंगलाचरण गरि शुभ आरम्भ गरियो | पश्चिम बङ्गाल गुरुङ विकास तथा

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.