barun Bhujel's Mother Kumari Bhujel wife Sabita Bhujelबरुण भुजेलकी आमा कुमारी भुजेल अनि पत्नि सबिता भुजेल

छोरालाई न्याय दिलाउन बरुण भुजेलकी आमा पुगिन् राष्ट्रिय मानव अधिकार आयोग

बरुण भुजेलकी आमा कुमारी भुजेल अनि पत्नि सबिता भुजेल
गतवर्ष चलेको 105 दिनको बन्द अवधी पक्रा परेर न्यायिक हिरासतको क्रममा मृत्यु भएको बरुण भुजेलकी आमा कुमारी भुजेल अनि पत्नि सबिता भुजेल न्यायको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग समक्ष पुगेका छन्। यसक्रममा उनीहरूले राष्ट्रिय मानव अधिकार आयोग समक्ष बरूण भुजेललाई पुलिसले पक्राउ गरेपछी न्यायिक हिरासतको क्रममा मृत्यु भएको सम्पूर्ण विवरण लिखित रूपमा सुम्पिएर न्यायको माग गरेका छन्।
 कालेबुङका निर्वाचित नगरपार्षद बरुण भुजेल पक्रा पर्दा स्वास्थ्य रहेको भन्दै पक्रा परेपछि उनलाई शाररिक यातना दिनको साथै मानसिक यातना समेत दिएको मानव अधिकार आयोगलाई आमा अनि पत्निले उजुरी गरेका छन्। जसको कारण नै उनको मृत्यु समेत भएको भन्दै आफुहरूले न्याय पार्नुपर्ने अनि यसलाई गम्भीरतासँग लिएर उचित जाँच हुनपर्ने पनि राष्ट्रिय मानव अधिकार आयोगलाई माग गरेको छ।
यसका साथै उनीहरूले राष्ट्रिय महिला आयोगलाई पनि न्यायको निम्ति गुहार लगाएकी छन्। राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्मालाई भेट गरेर न्यायको गुहार गर्दै उनीहरूले बरुण भुजेलको मृत्युबारे अवगत गराएकी छन्। यसक्रममा परिवार पक्षलाई राष्ट्रिय मानव अधिकार आयोग अनि राष्ट्रिय महिला आयोगले सकारात्मका आश्वसन दिँदै घट्नाको विस्तृत जाँच गरेर पीडित परिवारलाई न्याय दिलाउने आश्वासन दिएको जानकारी दिएका छन्।  

http://pratibymba.com/

गतवर्ष चलेको 105 दिनको बन्द अवधी पक्रा परेर न्यायिक हिरासतको क्रममा मृत्यु भएको बरुण भुजेलकी आमा कुमारी भुजेल अनि पत्नि सबिता भुजेल न्यायको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग समक्ष पुगेका छन्।

Read latest post filed under political news, regional news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.